• असार ८, २०८३, सोमवार Monday, 22 June, 2026

बागमती गाउँपालिका अध्यक्षमा माओवादीका घलान विजयी

  • खबरदाता

बागमती गाउँपालिका अध्यक्षमा माओवादीका घलान विजयी

जेठ ७, २०७९

मकवानपुरको बागमती गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका सर्केश घलान विजयी भएका छन् । घलानले ७ हजार ३८४ मत प्राप्त गर्दै दोस्रो कार्यकालको लागि विजयी भएका हुन् ।

घलानले उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका खेम जर्गा मगरलाई १ हजार २१८ मतान्तरले पराजित गरेका हुन् । मगरले ६ हजार १६६ मत प्राप्त गरेका छन् । त्यस्तै, गाउँपालिका उपाध्यक्ष पदमा नेपाली कांग्रेसका फणिन्द्र कुमार तिमल्सिना विजयी भएका छन् । उनले ७ हजार ९३५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी धनमाया स्याङ्तानले ४ हजार ६६९ मत प्राप्त गरेकी छिन् ।

  • प्रकाशित मिति : जेठ ७, २०७९, शनिवार ०९:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८