जेठ ३,२०७९
चितवन – भरतपुर महानगरपालिका- १० को वडाध्यक्षमा नेपाली कांग्रेसका युवा नेता परमेश्वोर खनाल विजयी भएका छन् ।
खनाले २ हजार ४२८ मत ल्याउँदै विजय हात पारेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भक्तिप्रसाद गौतमले २ हजार २०१ मत पाए ।
सदस्यहरुमा काङ्ग्रेस रेशम राज थापा २३२५ र एमालेका निर बहादुर लामाले १८५६ मत प्राप्त गरि बिजय बने।
यस्तै महिला दलित सदस्यमा काङ्ग्रेसकी पार्बती नेपालीले २०७० , एमालेकी सुर्यबदना हमालले १८९४ मत प्राप्त गरि निर्वाचित भएका हुन।
उक्त वडाको मतगणनाको अन्तिम परिणाम आउँदा मेयरमा माओवादीकी रेनु दाहालले १७ हजार ४८८ र एमालेका बिजय सुबेदीले १४ हजार १९४ मत पाएका छन् । त्यस्तै मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार २५२ मत पाएका छन् ।
त्यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २० हजार २५७ र राप्रपाकी उम्मेदवार हिमला गुरुङले ११ हजार ३७५ मत पाएका छन।
भरतपुरको सो वडा एमालेका नेता राम बहादुर थापा बादल र कृष्ण भक्त पोखरेलको हो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८