• असार ८, २०८३, सोमवार Monday, 22 June, 2026

थाहा नगरमा गठबन्धनका उम्मेदवार विजयी

  • खबरदाता

थाहा नगरमा गठबन्धनका उम्मेदवार विजयी

 

जेठ ४,२०७९

 

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । थाहाको मेयरमा नेकपा माओवादी केन्द्रका विष्णु विष्ट र उपमेयरमा नेपाली कांग्रेसका भरत गोपाली विजयी भएका हुन् ।

जम्मा २३ हजार ५६ मत खसेकोमा मेयरमा विष्णु विष्टले ९ हजार ७१९ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अच्युतम ढकालले ७ हजार ७७१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, उपमेयरमा कांग्रेसका भरत गोपालीले ८ हजार ६०७ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी कल्पना बलामीले ८ हजार ५२२ मत प्राप्त गरिन् । थाहामा माओवादीले ६ वटा, कांग्रेस र एमालेले ३र३ वटा वडामा विजय हासिल गरेका छन् ।

  • प्रकाशित मिति : जेठ ४, २०७९, बुधवार ०९:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८