बैशाख ३१,२०७९
चितवन – चितवनक एक मात्र गाउँपालिका इच्छाकामना १ को अध्यक्षमा सन्त बहादुर राना बिजयी बनेका छन।
पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सन्तबहादुर राना १० मतान्तले विजयी भएका हुन।
उनले ६३९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका नन्दुलाल गिरीले ६२९ मत ल्याए। इच्छाकामना(१ मा एक हजार ३२६ मत खसेको थियो ।
एक हजार ३२६ मत गणना गर्दा गाउँपालिकाको अध्यक्षको उम्मेदवार एमालेका दानबहादुर गुरुङले ६२३ र कांग्रेसकी गीताकुमारी गुरुङले ५८३ मत ल्याएकी छन् ।
उपाध्यक्षका उम्मेदवार एमालेकी माया सिलवालले ६३० र माओवादी केन्द्रका प्रताप गुरुङले ५९८ मत प्राप्त गरेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८