बैशाख ३१,२०७९
गैँडाकोटमा काँग्रेसले खाता खोल्यो, प्यानल नै विजयी
गैँडाकोट – गैँडाकोट नगरपालिका वडा नम्बर १८ को मतगणना सकिएको छ । गैँडाकोट १८ को वडा अध्यक्ष पदमा पुनः नेपाली काँग्रेसका उम्मेदवार तिलबहादुर चितौरे विजयी भएका छन।
उक्त वडामा काँग्रेसको प्यानल नै विजयी भएको हो । महिला सदस्यमा पुनः टेकमाया सोती, दलित महिला सदस्यमा तारामाया विश्वकर्मा, खुल्ला सदस्यमा कर्णबहादुर माकिम मगर र चमबहादुर सुनारी विजयी भएका छन ।निर्वाचन आयोगले विजयी भएको औपचारिक घोषणा गर्न भने बाकिनै छ।
यहाँबाट वडा अध्यक्षमा नेकपा एमालेको समर्थनमा मंगोल नेशनल अर्गनाईजेसनबाट चुमान सिंह चितौरे मगर प्रतिस्पर्धामा थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८