• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मुस्ताङको घरपझोङमा २ मतले कांग्रेसका लालचन विजयी

  • खबरदाता

मुस्ताङको घरपझोङमा २ मतले कांग्रेसका लालचन विजयी

बैशाख ३१,२०७९

 

मुस्ताङको सदरमुकाम समेत रहेको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार मोहनसिंह लालचन विजयी भएका छन् । एमालेका सञ्जयकुमार थकालीलाई २ मतको अन्तररले हराउँदै लालचन विजयी भएका हुन् ।

मुस्ताङका मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञावालीका अनुसार कांग्रेस उम्मेदवार लालचनले ७६० मत ल्याउँदा एमालेका थकालीले ७५८ मत मात्रै ल्याएका थिए ।

उपाध्यक्षमा कांग्रेसकी जमुना थापामगरले ६९३ मत पाएर जित हासिल गरिन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी मिमकुमारी शेरचनले ६५८ मत पाइन् ।

घरपझोङ गाउँपालिकामा १३ र ५ नम्बर वडाका वडाध्यक्ष यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । तर, ३ नम्बर वडामा एमालेका खलेन्द्रप्रसाद थकाली र वडा नम्बर ४मा कांग्रेसका यमप्रसाद थकालीले जित हासिल गरेका छन् ।

 

  • प्रकाशित मिति : वैशाख ३१, २०७९, शनिवार ११:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८