बैशाख २५,२०७९
चितवन -सुख्खा पहिरो खसेर अबरुद्ध भएको नारायणगढ मुग्लिन सडक खण्ड सुचारु भएको छ।
इच्छाकमना गाउँपालिका वडा नम्बर ६ स्थित तोपे खोलामा आइतबार बिहान ४:४८ बजे पनि सुख्खा पहिरो खसेर दुइतर्फि सडक अबरुद्ध भएको थियो।
सनिवार बेलुका ७:४० बजे पनि सो स्थानमा पहिरो खसेको र उक्त पहिरो पन्छाइ आइतबार बिहान ४स्१५ बजे मात्र सडक सुचारु गरिएको थियो। तर पुनः पहिरो खसेपछि अबरुद्ध भएको सडक बिहान ६:४ बजेबाट दुइतर्फि संचालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८