• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरमा माओवादीलाई मतदान गर्न भन्दै भुमिहिनलाइ निस्सा बाँडियो , आयोग भन्छ उजुरी हाल्नुहोस !

  • खबरदाता

भरतपुरमा माओवादीलाई मतदान गर्न भन्दै भुमिहिनलाइ निस्सा बाँडियो , आयोग भन्छ उजुरी हाल्नुहोस !

 

बैशाख २३,२०७९

चितवन – चितवनको भरतपुरमा आचारसंहिता बिपरित भुमिहिनलाइ निस्सा वितरण गरिएको छ।

शुक्रवार भरतपुर ११ को गणेशस्थानमा माओवादीलाइ मतदान गर्न भन्दै आयोगका पदाधिकारीले एक कार्यक्रमको आयोजना गर्दै निस्सा वितरण गरेका हुन।

चितवन जिल्लाका भुमि आयोग अध्यक्ष बद्री तिमिल्सिनाले आफ्नो फेसबुक पेजमै निस्सा वितरण गरेको तस्बिर पोस्ट गरेका छन।

उनको यो कार्यले निर्वाचन आचारसंहिता–२०७८ को ठाडै उल्लघंन गरेको छ। तर तिमिल्सिनाले भने निस्सा वितरणलाइ आचारसंहिता लागु नहुने बताए। लालपुर्जा वितरण गर्न पाइदैन तर निस्सा बाँड्ने काम जग्गा नाप्ने काम गर्न पाइने उनको तर्क छ।

निर्वाचन आयोगले भने यस्तो काम गर्न नपाइने बताएको छ । जिल्ला निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीले आचारसंहिता विपरितका यस्ता कुनै पनि कार्य गर्न नपाइने बताए ।उनले भने ‘निर्वाचनको बेलामा भूमिहिन सुकुमबासीलाई भूमिको निस्सा बाँड्न पाइदैन।यदि कसैले उजुरी दिएमा हामी प्रक्रियामा अगाडी बढ्छौं।

कार्यक्रममाओवादी केन्द्रबाट उम्मेदवार बनेका वडाध्यक्ष र मेयरका उम्मेदवारलाई भोट हाल्न दवाव समेत दिइएको बताइएको छ । आयोगका पदाधिकारीले माओवादीलाई भोट नहाले निस्सा र लालपूर्जा नपाउने चेतावनी समेत दिएका छन् । आयोगका केन्द्रिय उपाध्यक्ष सरकारी गाडी लिएर निस्सा बाँड्न र मतदाता फकाउन गणेशस्थान पुगेका थिए ।

 

  • प्रकाशित मिति : वैशाख २३, २०७९, शुक्रवार १४:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८