बैशाख २१,२०७९
भारतीय नम्बर प्लेटको गाडी र जिप एक आपसमा ठक्कर खाँदा पाँच जनाको मृत्यु भएको छ।
बिपि राजमार्गको रोशि गाउँपालिका ११ मा तिर्थ यात्री बोकेको भारतीय गाडी र जिप ठक्कर खाएका हुन।
प्रहरीका अनुसार दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन।
युपी ५८ टी ८१८१ नम्बरको गाडी र ना १ ज ४२१० नम्बरको जिप ठक्कर खाएको थियो। घाइते मध्ये तीन यात्रुको अवस्था गम्भीर छ। घाइतेलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।
मृत्यु हुनेहरूको पहिचान खुलेको छैन। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।
भारतीय यात्रु बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं आइरहेको यात्रुबहाक जिप आज मध्यान्ह १२स्१५ बजे काभ्रेको रोशी गाउँपालिका बढुवेशीमा दुर्घटनामा परेको थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८