बैशाख २१,२०७९
चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले सबै राजनीतिक दललाइ आचारसंहितामा पालना गर्न अनुरोध गरेको छ।
आज एक बिज्ञप्ति जारी गर्दै बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि आयोको आदेस अनुसार पालना गर्न भनेको छ।
बिज्ञप्तिमा भनिएको छ चैत २५ गते देखिनै आचारसंहितामा लागु भएको अबस्थामा कसैले पनि सार्बजनिक भवन,उधान ,सडकका पोल वा कुनै पनि सार्बजनिक स्थानमा दलको झन्डा उमेदवारको चुनाव चिन्ह ,फ्लेक्स लगायतका सामाग्री राखेमा आचारसंहितामा २०७८ अनुसार कामकारबाही हुने छ।
जुन जसको सामाग्री राखिएको छ उसैले त्यस्ता प्रचारका सामाग्री हटाउनु पर्ने छ ।यदि अटेर गरेमा एक लाख सम्म जरिवाना वा निजको उम्मेद्बारी सम्म रद्ध गर्न सकिने प्रशासनले जनाएको छ।

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८