बैशाख २१,२०७९
विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले गाली पनि गर्ने मत दिन पनि नछाड्ने परिपाटिले हामीहरु पछि परेको बताएका छन।
चुनावको बेला सधै राम्रो मान्छे चाहियो भनेर सामाजिक सञ्जालमा कराउने जमातले आफूहरुले उत्कृष्ट उम्मेद्वार उठाउँदा पनि जिताउन नसकेको गुनासो गरेका छन् ।
भरतपुरमा विवेकसील साझाको उम्मेद्वारको संकल्प पत्र सार्वजनिक कार्यक्रममा बोल्दै मिश्रले हामीले गाली गर्दै पुराना पार्टी र पुरानै शैलीका उमेदवारलाइ मतदान गर्दा समाजमा परिबर्तन आउन नसकेको बताएका हुन।
मौका पाउँदाखेरि गलत मान्छेलाई रोज्ने र पाँच वर्षसम्म गाली गरेर बस्ने प्रवृति पटक पटक दोहोरिने गरेको उनले बताए । उनले भने , ‘ हामी राजनितीलाई परिस्कृत र राजनीतिको फोहोरलाइ सफा गर्न आएका हौं । त्यसैले हामीले तुलना गरेर हेर्दा अरुभन्दा राम्रा उम्मेद्वार हाम्रो पार्टीले प्रस्तुत गरेको छ । चाहे त्यो काठमाडौँमा होस चाहे भरतपुरमा ।’ उनले भने, ‘देशमा परिवर्तन हुनु पर्यो पनि भन्ने राजनीतिको फोहोर सफा हुनु पर्यो पनि भन्ने अनि हामीले शिक्षित र गर्छु भनेर आएका युवालाई अगाडि सार्दा होइन पाँच वर्ष गाली गरियो फेरि भोट हाल्दा उहाँहरुलाई नै हाल्ने हो भने के अर्थ भयो र? ’
उनले भरतपुरमा सक्षम इमान्दार र परिपक्व उम्मेद्वार उठाएको भन्दै भोट दिन आग्रह गरे । यस्तै पार्टी अध्यक्ष मिश्रसँग राप्रपासँग पार्टी एकिकरणको विषयमा पत्रकारले सोधेको प्रश्नमा अनौपचारिक छलफल भएपनि कुरा अगाडि बढ्न नसकेको उनले बताए । उनले जवाफ दिर्दै भने,‘हामी दुई पार्टी एक ठाउँमा आउन सक्यौ भने त्यसले राजनीतिको स्वरुपलाई परिवर्तन गर्न सक्छ र हामी हस्तक्षेपकारी भूमिकामा पुग्न सक्छौ भनेर केही संवादभएको हो तर त्यो अगाडि बढ्न सकेन ’ ।
भरतपुरमा विवेकशील साझा पार्टीको तर्फबाट मेयरमा प्रवीन काफ्ले र उपमेयरमा पुष्पा सापकोटाको उम्मेद्वारी रहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८