बैशाख २१,२०७९
चितवन – नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य टेक प्रसाद गुरुङले आफुले गठबन्धनलाइ मत माग्दै नहिँडेको बताएका छन।
प्रेस युनियन चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्नेलनमा उनले उम्मेद्बारी नोमिनेसन पछि आफु गठबन्धनको लागि भोट माग्दै नहिँडेको तर साथिभाइहरुलाइ केन्द्रको निर्णय मान्नु पर्ने सुझाव दिएको उनले बताए ।
चितवन काङ्ग्रेसको तर्फबाट भरतपुरको लागि अन्तिम सम्म आफुहरु लडेको उनले बताए । उनले भने , ‘वडा सभापति ,महासमिति सदस , क्षेत्र र जिल्लाले गरेको निर्णय बोकेर आफुहरु केन्द्रमा गएको सभापति लगायत धेरै नेताहरुलाइ भेटियो तर केन्द्रले हाम्रो जिल्लाको निर्णय मानेन।’
भरतपुरमा काङ्ग्रेसले मेयर पाउनु पर्नेमा आफु अन्तिम सम्म लडाइ गर्दा पनि केन्द्रमा नसकेको उनले स्वीकार गरे। उनले भने, ‘जति लडे पनि केन्द्रको अगाडी केहि लागेन। मैले काङ्ग्रेसमा ५२ बर्ष पुरा बिताए मेरो जवानि काङ्ग्रेसमै बित्यो अब केन्द्रको निर्णयलाइ समर्थन गर्नुको मसंग अर्को विकल्प रहेन।’
अघिल्लो पटक गठबन्धन गर्दा गरेका निर्णय पालना नहुँदा अहिलेको अवस्था आएको गुरुङले बताए।
केन्द्रिय सदस्य गुरुङ उम्मेद्बारी नोमिनेसनपछि पहिलो पटक सार्बजनिक कार्यक्रममा देखा परेका हुन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८