• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

२२ गते भरतपुरमा देउवा र प्रचण्डले सम्बोधन गर्ने

  • खबरदाता

२२ गते भरतपुरमा देउवा र प्रचण्डले सम्बोधन गर्ने

बैशाख २०,२०७९

चितवन – आसन्न स्थानीय तहको निर्वाचन लक्षित गरि  भरतपुरमा सत्ता गठबन्धन दलले बृहत् आमसभा गर्ने भएको छ ।

बैशाख २२ बिहीबार   केन्द्रीय बस टर्मिनलमा (पारस बसपार्क) गठबन्धनका  पाँचै दलका  केन्द्रीय नेताहरुको सहभागितामा आमसभा हुन लागेको हो  । चितवन काँग्रेसका उपसभापति राजीव न्यौपानेका अनुसार आमसभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल , कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल,केन्द्रीय सदस्य शेखर कोइराला  महामन्त्री गगन थापालगायतले आमसभालाई सम्बोधन गर्नेछन् ।

त्यस्तै जनता समाजवादी र राष्ट्रिय जनमोर्चा (राजमो)को केन्द्रीय तहका नेता आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए ।

आमसभामा  घरघर बाट जनसहभागिता जुटाउनको लागि व्यापक तयारी थालिएको उनले बताए ।
त्ता गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रबाट रेणु दाहाललाई उठाएको छ भने उपमेयरमा   कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार रहेका छन् ।

  • प्रकाशित मिति : वैशाख २०, २०७९, मंगलवार १२:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८