• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

जन्ती बोकेको जिप गोरखामा दुर्घटना, ३ जनाको मृत्यु

  • खबरदाता

जन्ती बोकेको जिप गोरखामा दुर्घटना, ३ जनाको मृत्यु

बैशाख १९,२०७९

 

गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

जिल्लाको सिरानचोक गाउँपालिका–७ को आरुबोटे स्थित फिरफिरेभिरमा उक्त दुर्घटना भएको हो।

चितवनको जमुनापुरबाट जन्ती लिएर गएको बा.१४ च ७८१ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरीले कार्यालय गोरखाले जनाएको छ।

रोकेर राखेको जिप एक्कासि अगाडि बड्दा दुर्घटना भएको थियो । प्रहरीका अनुसार मृतक ३ नैजनाको सनाखत भएको छैन ।

दुर्घटनाग्रस्त जिप चितवनको भरतपुर नगरपालिका–२७ घर भएका घनश्याम काफ्लेले चलाएका थिए । दुर्घटनास्थलमा गोरखाका डिएसपी कमान्डमा प्रहरी पुगेको छ।अन्य विवरण आउन बाँकी छ।

  • प्रकाशित मिति : वैशाख १९, २०७९, सोमवार २१:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८