• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

डडेल्धुरामा एमालेका वडा अध्यक्ष उम्मेदवार काँग्रेस प्रवेश

  • खबरदाता

डडेल्धुरामा एमालेका वडा अध्यक्ष उम्मेदवार काँग्रेस प्रवेश

बैशाख १९, २०७९

 

डडेल्धुरा । नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका एक जना नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका हिक्मत बहादुर भण्डारीसहित दर्जनौ नेताकार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन् ।

अजयमेरु गाउँपालिका–६ मा तत्कालिन निर्वाचनमा एमाले पार्टीबाट वडा अध्यक्षका उम्मेदवार बनेका भण्डारी सहित दर्जनौ कार्यकर्ता सोमवार काँग्रेस पार्टीमा प्रवेश गरेका हुन् । वडा नं। ६ को राजुलमा आयोजित नेपाली काँग्रेसको चुनावी कार्यक्रममा भण्डारी सहित अन्य वडा स्तरका नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेको गाउँपालिका अध्यक्षका उम्मेदवार टेकराज पाण्डेयले बताए ।

काँग्रेसबाट गाउँपालिका अध्यक्ष बनेका पाण्डेय सहित उपाध्यक्षका उम्मेदवार बसन्ती पाल, वडा अध्यक्षका उम्मेदवार हरि भण्डारी लगायतका काँग्रेस नेताहरुले भण्डारी लगायत अन्यलाई स्वागत गरेका छन् । लामो समय गैर सरकारी संघ संस्था, आमसञ्चार क्षेत्र, उद्योग, व्यवसाय क्षेत्रको नेतृत्व गरेका पाण्डेय यस पटक अजयमेरु गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका छन । विभिन्न क्षेत्रमा गरेको कामको अनुभवले गाउँपालिका अध्यक्षको उम्मेदवार बन्दै गर्दा अजयमेरु गाउँपालिका वासीको ठूलो अपेक्षा गरेको उनी निकट नेता कार्यकर्ताहरुको भनाई छ ।

  • प्रकाशित मिति : वैशाख १९, २०७९, सोमवार १७:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८