• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दुई बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

  • खबरदाता

दुई बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ

बैशाख १७,२०७९

दुई जना बालिकालाइ बलात्कार गरेको अभियोगमा प्रहरी एक युवकलाइ पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-३ बस्ने रोल्पा लौङ्ग्री गाउँपालिका-४ घर भएका २० वर्षीय भुपेन्द्र पोखरेल रहेको रुपन्देही प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीमा ११ वर्षीया र ७ वर्षीया दुई जना बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा निजलाइ शुक्रबार पक्राउ गरिएको हो।

 

पोखरेलले बालिकाहरूलाई बुटवल उपमहानगरपालिका-३ तिनाउ खोला बगरमा गत चैत २१ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

  • प्रकाशित मिति : वैशाख १७, २०७९, शनिवार १६:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८