• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चुम्लिङटारमा ट्याक्सी र ट्रक ठक्कर खाँदा ५ जना घाइते

  • खबरदाता

चुम्लिङटारमा ट्याक्सी र ट्रक ठक्कर खाँदा ५ जना घाइते

बैशाख १७,२०७९

चितवन – इच्छाकामनाको चुम्लिङटारमा ट्याक्सी र ट्रक एक आपसमा ठक्कर खाँदा ५ जना घाइते भएका छन।

सनिवार बिहान करिब १० बजेको समयमा  चितवनको ईच्छाकामना गाउँपालिका -३ स्थिति चुम्लिङटारमा मुग्लिङबाट काठमाण्डौं तर्फ जादै गरेको ना ६ ख-१२१८ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको बा १ ज ११९ नम्बरको ट्याक्सी एक आपसमा ठक्कर खाँदा ट्याक्सी चालक सहित ट्याक्सिमा सवार ५ जाना घाईते भएको चितवन प्रहरीले जनाएको छ।

घाइतेहुनेहरुमा ट्याक्सी चालक मकवानपुर बागमती ९ बस्ने बर्ष-३५ को लिलाराम भुलन सोही स्थान बस्ने बर्ष-४५ को कुमार सिह घलान, बर्ष-४६ को नानीमाया तामाङ ,दोलखा गौरीशंकर ९ बस्ने बर्ष-५२ को सतमान तामाङ र सोही स्थान बस्ने बर्ष-४२ की समय तामाङ रहेका छन।

घाइतेहरुलाइ उपचारको लागि काठमाण्डौ पठाईएको र दुबै सवारी साधन र ट्रक चालक प्रहरी चौकी  ईच्छाकामना कुरीनटारको नियन्त्रणमा रहेको ।

  • प्रकाशित मिति : वैशाख १७, २०७९, शनिवार १३:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८