बैशाख १६,२०७९
चितवन – गृहमन्त्री बालकृष्ण खाँड तीन दिनको बसाइपछि भरतपुरबाट आज काठमाडौं फर्किएका छन।उनीसंगै अघिल्लो हप्ता चितवन आएका राज्यमन्त्री उमेश श्रेष्ठ पनि फर्किएका हुन।
काङ्ग्रेसबाट स्वोतन्त्र उम्मेद्बारी दिएका पुर्ब सांसद जगन्नाथ पौडेलले आफ्नो उम्मेद्बारीबाट ब्याक हुन नसक्ने बताएपछि खाँड र श्रेष्ठ आजै फर्किएका छन।
फर्कदै गर्दा भरतपुर बिमानस्थलमा गृहमन्त्री खाँडले केन्द्रको निर्णय अनुसार काङ्ग्रेसका कार्यकर्ता चल्नु पर्ने बताए ।उनले भने, ‘तीन दिनको चितवन बसाइमा मैले धेरै साथिभाइहरसंग सल्लाह गरे।सबैको कुरा पनि सुने ।साथिभाइहरुलाइ आग्रह पनि गरे। अब बिबेक पुर्याउने काम भनेको उहाँहरुकै हो।’
आफुलाइ सबै साथिहरुले समयावधिमै पार्टीको हितको लागि बिबेक पुर्याउनु हुनेछ भन्ने मलाइ लागेको छ, उनले भने।
निर्वाचन आयोगले मनोनयन दर्ता गराएका उमेदवारहरुले आज साँझ ५ बजे सम्ममा आफ्नो उम्मेद्बारी फिर्ता लिन सक्ने समयसिमा तोकेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८