[ फाेटाे : जगन्नाथ पाैडेल ]
बैशाख १६,२०७९
चितवन – स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका उमेदवारले आफ्नो उम्मेद्बारी फिर्ता लिने आज अन्तिम दिन हो।
अफ्नो नाम फिर्ता लिन चाहाने जो कोहिले पनि आज साझ ५ बजे सम्ममा उम्मेद्बारी फिर्ताको निबेद्न गरिसक्नु पर्ने निर्वाचन आयोगले जनाएको छ।त्यस पस्चात आयोगले उमेदवारको अन्तिम अन्तिम नामावली प्रकाश गर्ने छ।
सत्तागठबन्धन बैठकले स्थानीय तहमा आधिकारिक उम्मेदवारविरूद्ध उठेका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ।
बिहीबार बालुवाटारमा बसेको सत्तागठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले शुक्रबार अपरान्ह ५ बजेभित्र बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो।
यता भरतपुरमा असन्तुष्ट काङ्ग्रेसको तर्फबाट उमेदवार बनेका पुर्ब सांसद जगन्नाथ पौडेलले के गर्लान भन्ने तर्फ देशकै ध्यान गएको छ। पौडेलको उम्मेद्बारी फिर्ता गराउन देउवा र प्रचण्डले राज्यशक्तिकै प्रयोग गरिरहेका छन। भरतपुर साम्य पार्न राज्य मन्त्री उमेश श्रेष्ठ आएको एक हप्ता नहुँदै गृहमन्त्री बालकृष्ण खाँड पनि चितवन आएका थिए। उनी अहिले सम्म यतै छन। त्यसो त केदिन अधि मात्र माओवादीका अध्यक्ष प्रचण्ड पनि चितवन आएर फर्केका थिए।
गृहमन्त्री खाँडले पौडेलको उम्मेद्बारी फिर्ता गराउन नसकेपछि सम्भवत काङ्ग्रेस सभापति शेर बहादुर देउवा चितवन आउन सक्ने बताइएको छ।
पौडेलले भने आफ्नो उम्मेद्बारी फिर्ता नहुने बताइरहेका छन। हेरौ अब करिब ८ घन्टा मात्र पौडेल अडिग रहन सके भने भरतपुरमा गठबन्धनलाइ समस्या पर्ने देखिन्छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८