• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवन काङ्ग्रेसमा टिकट वितरण गर्दा भएको आर्थिक चलखेलको छानबिन गर्न माग

  • खबरदाता

चितवन काङ्ग्रेसमा टिकट वितरण गर्दा भएको आर्थिक चलखेलको छानबिन गर्न माग

बैशाख १४,२०७९

चितवन – आसन्न स्थानिय निर्वाचनका लागि टिकट वितरण गर्दा भएको आर्थिक चलखेल भएको भन्ने बारेमा छनविन गर्न माग गरिएको छ।

बुधबार एक प्रेस बिज्ञप्ति जारी गर्दै जिल्लाका काङ्ग्रेस नेताद्वोय उत्तम जोशी र प्रा . डा. सुर्यकान्त घिमिरेले पार्टीको निति,आदर्श ,मर्यादा र आचरण बिरुद्ध रहेर टिकट वितरण गरेको भन्ने बिषयमा आफुहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन।

बिज्ञप्तिमा भनिएको छ ,अपरदर्शि ढंगबाट राम्रालाइ भन्दा हाम्रालाइ आर्थिक चलखेलको भरमा टिकट वितरण भएको भन्ने सामाजिक संजाल एबम सन्चार माध्यममा समेत ब्यापक रुपमा आएकोले यसबाट पार्टीको साख गिरेको छ।

यस्ता पार्टी बिरोधि कार्यकलापहरुलाइ अबिलम्ब रोकि निष्ठावान संघर्सशिल र इमान्दार साथीहरुको मनोबल उच्च राख्न र पार्टीको साख जोगाउन पार्टी भित्रका तमाम यस्ता गलत क्रियाकलापहरुको छानबिन गर्न पार्टीको सम्बन्धित तहसंग जोड रदार माग गर्दछौं, बिज्ञप्तिमा भनिएको छ।

यस्तो असहज परिस्थितिमा संयम र धैर्यताका साथ निर्वाचनमा केन्द्रित रहन उनीहरुले सबैलाइ अनुरोध गरेका छन।

जोशी र घिमिरे १४ औं महाधिवेशनका सभापति पदका प्रत्यासी हुन।

  • प्रकाशित मिति : वैशाख १४, २०७९, बुधवार २२:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८