• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरमा काङ्ग्रेसको बागी फिर्ता गराउन गृहमन्त्री खाँण चितवनमा !

  • खबरदाता

भरतपुरमा काङ्ग्रेसको बागी फिर्ता गराउन गृहमन्त्री खाँण चितवनमा !

 

बैशाख १४,२०७९

चितवन (नेपाली काङ्ग्रेस चितवन भित्रको असन्तुष्टिलाइ मिलाउन गृहमन्त्री बालकृष्ण खाँण चितवन आएका छन।

काङ्ग्रेस नेता जगन्नाथ पौडेलले भरतपुरको मेयरमा उम्मेद्बारी दिएपछि पैदा भएको तरङलाइ साम्य पार्न गृहमन्त्री खाण आज चितवन आइपुगेका हुन।

खाँणले जिल्ला पार्टी कार्यालय नारायणगढमा गठबन्धनका नेताहरुसँग छलफल गर्दैछन्। त्यसपछि मेयरमा बागी उमेदवारी दिएका पौडेललाई भेट्न पौडेलको निवास भरतपुर–७ स्थित पिपलचोक जाने छन्। भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले असन्तुष्ट नेता कार्यकर्तालाई सम्झाउन मन लिएर आएको बताए।

असन्तुष्टलाई सम्झाउन के प्याकेज ल्याउनु भएको छ भन्ने प्रश्नमा उनले भने, ‘प्याकेजभन्दा पनि मन र हृदय लिएर आएको छु कि सबै नेपाली कांग्रेसका नेताहरुलाई सम्मान गर्न सकियोस्। गठबन्धन गर्दा कहिलेकाँही आफूले चाहेजस्तो हुँदैन।

गठबन्धनमा आबद्ध अर्को राजनीतिक शक्ति संवाद छलफल हुनुपर्छ। एक कदम पछाडि पनि हट्नुपर्छ। संविधान र लोकतन्त्रको लागि पनि गठबन्धनको रक्षा गर्नु हाम्रो दायित्व हो।’

गठबन्धनका कारण पार्टीका मतदाता नगुम्ने उनले दाबी गरे। ‘यहाँ मभन्दा धेरै अग्रज नेताहरु हुनुहुन्छ। नेविसंघ, तरुढ दलको नेतृत्वमा रहँदाका मेरा सहयोगी साथीहरु हुनुहुन्छ। सबैसँग संवाद र छलफल गरेर कसरी पार्टीलाई अगाडि बढाउने। चितवनको प्रतिष्ठालाई कसरी जोगाउने र मतदातालाई कसरी अपिल गर्ने सबैसँग परामर्श गरेर अघि बढ्छौँ’, उनले भने।
बागी उमेदवारी दिएका उमेदवारले १६ वैशाखसम्म उमेदवारी फिर्ता लिने समय रहेकोले पार्टीमा योगदान पुर्‍याएका नेतालाई उमेदवारी फिर्ता लिन आग्रह गरिने उनले बताए। स्वतन्त्र उमेदवारी दिएका उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिने विश्वास रहेको उनले बताए।

आफ्नी छोरी मेयर उम्मेदवार बनेको ठाउँमा कांग्रेसले बागी उम्मेदवारी दिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार सुटुक्क चितवन आएका थिए।

 

  • प्रकाशित मिति : वैशाख १४, २०७९, बुधवार १६:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८