• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

माडीमा गुडिरहेको बस अनियन्त्रित भइ दुर्घटना हुँदा ६ जना घाइते

  • खबरदाता

माडीमा गुडिरहेको बस अनियन्त्रित भइ दुर्घटना हुँदा ६ जना घाइते

 

बैशाख १३,२०७९

चितवन – चितवनको माडीमा गुडिरहेको यात्रुबहाक बस अनियन्त्रित भइ दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

देबेन्द्रपुरबाट किर्तनपुर बजारमा आउँदै गरेको लु।२ख ६ नम्बरको यात्रुबहाक बस अनियन्त्रित हुँदा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

यात्रुबाहक बसको पट्टा भाँचिदा उक्त दुर्घटना भएको हो। घाइते हुनेहरुमा देवेन्द्रपुरका १४ बर्षिय समिक्षा काफ्ले, ३४ बर्षिय राधिका काफ्ले, माडी ९ गणेशकुञ्जकी २८ बर्षिय लक्ष्मी थापा, उनकी ९ बर्षियकी छोरी विपना थापा, माडी ६ स्याउलिबासकी २९ बर्षिय पार्वती सुवेदी र किर्तनपुरकी ६६ बर्षिय पुर्णकला अधिकारी रहेका छन।

घाइते अधिकांशको टाउँको र हातखुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरुको मध्यम अबस्थामा स्थानिय मेटिकलहरुमा भैरहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : वैशाख १३, २०७९, मंगलवार १७:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८