• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

काङ्ग्रेस असन्तुष्ट समुहले भरतपुरको मेयरमा पूर्व सांसद जगन्नाथ पौडेललाई उठाउने, भोलि मनोनयन

  • केपी शर्मा

काङ्ग्रेस असन्तुष्ट समुहले भरतपुरको मेयरमा पूर्व सांसद जगन्नाथ पौडेललाई उठाउने, भोलि मनोनयन

बैशाख ११,२०७९

चितवन – आसन्न स्थानिय निर्वाचनमा भरतपुर माओवादीलाई दिने निर्णय गरेपछि असन्तुष्ट बनेको काङ्ग्रेसको असन्तुष्ट समुहले पूर्वसांसद जगन्नाथ पौडेललाई मेयर उठाउने निर्णय गरेको छ ।

आइतवार काँग्रेसको पार्टी कार्यालय कमलनगर नारायणगढमा बसेको असन्तुष्ट समुहको भेलामा बोल्दै महाधिवेशन प्रतिनिधी समेत रहेकी नेता मिना खरेलले पूर्वसांसद पौडेललाई उम्मेद्वार उठाउने प्रस्ताव गरेकी हुन् ।

खरेलले गरेको प्रस्तावलाई उपस्थित भेलाले ताली बजाएर सर्वसम्मत गरेको थियो । उक्त भेलामा बोल्दै काँग्रेसका संस्थापक सभापति कृष्णलाल सापकोटाले यो लडाइँ पार्टीविरुद्ध नभइ पार्टी एकताको लागि भएकाले काँग्रेसले उम्मेद्वारी उठाएको बताए ।

मेयरमा उम्मेद्वारी प्रस्ताव गरिएपछि भेलालाइ सम्बोधन गर्दै पौडेलले मुलुक भ्रष्टचारले सकिएको बताए । अहिले काँग्रेस बचाउन यो कदम चाल्नु परेको भन्दै हामी एक ढिक्का भएर अगाडि बढ्नुपर्ने उनले बताए । उनले भने, ‘म शक्तिसाल भएर उभिएको छु । म मेटिउँला म मासिउलन तर म बिक्तिन, म कुनैबेला मैदान छोडौला तर कुनै भष्टचारीलाई छोड्दिन ।’

भेलामा बोल्दै नेतृ खरेलले गठबन्धनलाई बिचलित गराउने नभइ पार्टीको आस्था सिद्दान्त अनुसार यो खालको कदम उठाउन बाध्य भएको बताइन् । काँग्रेसले काँग्रेसकै चिन्हमा मत हाल्न पाउनुपर्ने नैसर्गिक अधिकार रहेको उनको भनाइ थियो । उनले भनिन् ‘काङ्ग्रेसको चुनाव चिन्ह रुख लिएर जो मैदानमा उत्रन्छ काङ्ग्रेसीले उसैलाई मत हाल्ने छन ।ुयदि त्यसरी मत हाल्दा पार्टीले जुनसुकै कारवाही गरेपनि हामी भोग्न तयार हुनु पर्छ । मलाई पहिला कारवाही गरोस ।’

यदि कसैलाइ पार्टीको कारबाहिको डर भएमा यो अभियानमा सामेल नहुन उनले अनुरोध गरिन।

भेलामा बोल्दै तरुण दल जिल्लाका संस्थापक अध्यक्ष शम्भु अर्यालले अहिले भइरहेको निर्णयलाई विद्रोहको रुपमा नलिन आग्रह गरे ।

उम्मेद्वारी मनोनयन दर्ताको दोस्रो दिन सो समूहले दिनको १ बजे भरतपुरको चौबिसकोठीमा भेला भइ निर्वाचन अधिकृतको कार्यालय जाने निर्णय गरेको छ ।

  • प्रकाशित मिति : वैशाख ११, २०७९, आइतवार १५:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८