बैशाख १०,२०७९
नेकपा एमालेले उपमहानगरका मेयर उपमेयर टुंगो लगाएको छ ।
शनिबार बसेको सचिवालय बैठकले जनकपुर र जीतपुर सिमरामा दुवै पद बाँकी राखेर उम्मेदवार टुंगो लगाएको हो । एमालेले उपमहानगरतर्फ तुलसीपुरमा टीकाराम खड्का र स्यानी चौधरी, घोराहीमा नरुलाल चौधरी र मनकुमारी केसी, बुटबलमा बाबुराम भट्टराई र सावित्रादेवी अर्याल रहेका उमेदवार तोकेको छ।
त्यसैगरी हेटौंडामा अनन्त पौडेल र सुमित्रा काफ्ले धरानमा मन्जु भण्डारी र पदम लिम्बु, इटहरीमा यमकुमार सुव्वा र संगिता चौधरी रहेका छन् । जीतपुर सिमरा र जनकपुर उपमहानगर बाँकी रहेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । कलैयामा विनोद शाह र उपप्रमुख बाँकी रहेको एमाले नेता गुरुङले जानकारी दिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८