• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरका अधिकारी : मेयरको दाबी,उपमेयरको भाग

  • खबरदाता

भरतपुरका अधिकारी : मेयरको दाबी,उपमेयरको भाग

 

बैशाख १०,२०७९

नेपाली कांग्रेसले भरतपुर महानगरको उपमेयरमा चित्रसेन अधिकारीलाइ उमेदवार बनाउने निर्णय गरेको छ।

नेपाली काङ्ग्रेस भरतपुर महानगरको सभापति समेत रहेका अधिकारीलाइ केन्द्रको निर्णय अनुसार भरतपुरको उपमेयरमा उठाउने निर्णय भएको बताइएको छ।
अधिकारीले काङ्ग्रेस पार्टीको आन्तरिक मनोनयनमा आफुलाइ भरतपुरको मेयरमा आकांक्षि देखाएका थिए।

केन्द्रमा गएर पार्टी सभापति शेर बहादुर देउवासंग आफुलाइ उपमेयर दिने भए मेयरमा माओवादीलाइ समर्थ गर्ने सहमति गरेको भनेर अधिकारी माथि आरोप समेत लागेको थियो।उक्त कुराको देउवालेनै संचार माध्यमबाट पुष्टि समेत गरिसकेका छन।

गत स्थानिय निर्वाचनमा भरतपुर २२ को वडाध्यक्ष समेत बनेका अधिकारीलाइ आर्थिक अनियमितता गरेको आरोपमा लगाउदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  छानबिनको लागि कागजपत्र समेत नियन्त्रणमा लिएको थियो।

उनी भरतपुर महानगरमा काङ्ग्रेसबाट दलको नेता समेत रहेका थिए।

  • प्रकाशित मिति : वैशाख १०, २०७९, शनिवार १८:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८