बैशाख १०, २०७९
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका मेयर सहित ५ जनप्रतिनिधिले पदबाट राजीनामा दिएका छन् । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहने बहालवाला जनप्रतिनिधिले पदबाट राजीनामा दिनु पर्ने व्यवस्था गरेसँगै मेयर सहित ५ जनाले शुक्रबार राजीनामा दिएका हुन ।
राजीनामा दिनेमा मेयर गोविन्द कुमार पुन, वडा न ६ का वडाध्यक्ष पुरुषोत्तम आचार्य, वडा न ८ का वडाध्यक्ष कुल बहादुर पुरी, वडा नं.१० का वडाध्यक्ष मानसिहं पुरी र वडा न ११ का वडाअध्यक्ष विर बहादुर बुढाले राजीनामा दिएको सल्यानबाट इन्द्रबहादुर बुढाथोकीले जानकारी दिए ।
मेयर पुन एमालेबाट निर्वाचित भएका हुन भने यस पटक पनि मेयर पदका लागि सिफारिस भएका छन् ।
वडा नं९ ६का वडाध्यक्ष आचार्य नेपाली कांग्रेस, वडा न ८ का वडाध्यक्ष पुरी र वडा न ११ का वडाध्यक्ष बुढा माओवादी केन्द्रबाट र वडा न १० का वडाध्यक्ष मानसिहं पुरी एमालेबाट निर्वाचित भएका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८