बैशाख ९,२०७९
भरतपुरको मेयर आफुहरुले नपाएपछी चितवन काँग्रेसका असन्तुष्ट समुहले स्वतन्त्र उम्मेदवार उठाउने भएका छन् ।
लामो समयदेखी भरतपुरको प्रमुखमा दाबी गर्दै आएका नेताहरु गठबन्धन दलले माओवादीलाई मेयर दिने निर्णय गरेपछि असन्तुष्टि जनाउदै यस्तो निर्णय गर्न पुगेका हुन। असन्तुष्ट समुहले शुक्रबार पार्टी कार्यलयमा गरेको छलफलमा सनिवार सम्म सम्म टुङ्गो लाग्ने गरि स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले बताए ।
‘स्वतन्त्र उम्मेदवार उठाउने बारे छलफल भइरहेको छ । भोलि एक बजेसम्म टुङ्गो लगाउने भनेका छन् साथीहरुलेु उनले भने ।’
कार्यक्रममा केन्द्रीय नेताहरु टेकप्रसाद गुरुङ, दिनेश कोइराला, निवर्तमान सभापति जितनारायण श्रेष्ठ, पूर्वसांसद भीमबहादुर श्रेष्ठ, जगननाथ पौडेल, पूर्व सभापति कृष्णलाल सापकोटा, तरुण दलका पूर्व जिल्ला अध्यक्ष शभ्मु अर्याल, कृषि तथा वन विश्वविद्यालयका पूर्व रजिस्टार श्रीकान्त घिमिरेलगायले सम्बोधन गरेका थिए।
आजै नेपाली कांग्रेसका नेताहरुले पार्टी सभापतिको कार्यकक्षमा तालाबन्दी पनि गरेका छन्। नारायणगढको कमलनगरमा रहेको पार्टी कार्यालयमा असन्तुष्ट नेता कार्यकर्ताहरुले तालाबन्दी गरेका हुन्। भरतपुरको मेयर आफुले पाउनुपर्ने दाबी गर्दै आएका गठबन्धन दलको तर्फबाट भरतपुरको मेयर माओवादीलाई दिने निर्णय गरेपछि नेता कार्यकर्ता आक्रोसित बनेका छन् ।
यता शुक्रबार जिल्ला पार्टी सभापती राजेश्वर खनालले केन्द्रको परिपत्र अनुसार गठनबन्धन बिरोधी भेला छलफल प्रर्दशन नगर्न मौखिक निर्देशन दिएका थिए ।
चितवनका काङ्ग्रेसहरुले भरतपुरको मेयर काङ्ग्रेसले पाउनुपर्ने भन्दै पार्टी सभापति शेर बहादुर देउवा सहित एक दर्जन नेतालाइ भेट समेत गरेका थिए।
तर गठबन्धनको निरन्तरता भन्दै देउवाले भरतपुर माओवादीलाइ दिएका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८