• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

गठबन्धनको निर्णय बिरुद्ध चितवन काङ्ग्रेस पार्टी कार्यालयमा तालाबन्दी

  • खबरदाता

गठबन्धनको निर्णय बिरुद्ध चितवन काङ्ग्रेस पार्टी कार्यालयमा तालाबन्दी

बैशाख ९,२०७९

चितवनः भरतपुर महानगरपालिकामा काङ्ग्रेसले मेयर नपाएपछि असन्तुष्ट बनेका काङ्ग्रेसहरुले कार्यालयमा तालाबन्दी गरेका छन।

नारायणगढ स्थित कमलनगरमा रहेको पार्टी कार्यालयमा असन्तुष्ट नेताह तथा कार्यकर्तारुले सभापति राजेश्व खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

सत्ता गठबन्धनले भरतपुरको मेयर माओवादीलाई दिने निर्णय गरेपछि असन्तुष्ट नेताहरुले आजै विरोध कार्यक्रम आयोजना गरेका थिए। विरोध कार्यक्रममा केन्द्रीय नेताहरु टेकप्रसाद गुरुङ, दिनेश कोइराला, निवर्तमान सभापति जितनारायण श्रेष्ठ, पूर्वसांसद भीमबहादुर श्रेष्ठ, जगननाथ पौडेल, पूर्व सभापति कृष्णलाल सापकोटा, तरुण दलका पूर्व जिल्ला अध्यक्ष शभ्मु अर्याल, कृषि तथा वन विश्वविद्यालयका पूर्व रजिस्टार श्रीकान्त घिमिरेलगायले सम्बोधन गरेका थिए।

वक्ताहरुले भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने अडान राखेका थिए। उनीहरुले केन्द्रीय नेताहरुको निर्णयमा आपत्ति जनाउँदै सच्याउन आग्रह गरेका थिए।

काङ्ग्रेस चितवनले लामो समयदेखि भरतपुर आफुले पाउनु पर्ने माग गर्दै आएको थियो। त्यसका लागि यहाँका दर्जन बढी नेताहरुले यस सम्बन्धमा पार्टी सभापति शेरबहादुर देउवा लगायतलाइ भेट समेत गरेका थिए।

तर अन्त्यमा सभापति देउवाले गठबन्धनलाइ निरन्तरता दिन भन्दै भरतपुर माओवादीलाइ दिएका थिए।

  • प्रकाशित मिति : वैशाख ९, २०७९, शुक्रवार १७:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८