बैशाख ६,२०७९
लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ।
उनले आफ्नो फेसबुक ह्याक गरेर कसैले अनावश्यक कुरा लेखिदिएको महतोले बताका छन
‘मेरो फेसबुक ह्याक गरि सुनियोजित रुपमा कसैले यो समाचार संप्रेसन गरेको प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन्, ‘यस मा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु। यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी प्रक्रियाको दायरामा ल्याउन पहल गर्नेछु।’
उनको फेसबुकमा लोसपाबाट विश्राम लिएको लेखिएको थियो। उक्त कुरामा विश्वास नगर्न पनि महतोले उल्लेख गरेका छन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८