बैशाख ६,२०७९
चितवन – नेपाली काङ्ग्रेसका नेता शसांक कोइरालाले काङ्ग्रेसका कार्यकर्तालाइ सम्झाउन गाह्रो हुने बताएका छन।
मंगलबार भरतपुर बिमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै यो स्थानिय निर्वाचन अघिल्लो पटकको जस्तो परिस्थिति नभएको बताउँदै गठबन्धनको निर्णयले कार्यकर्ता आक्रोशित भएको बताए।
अझै निर्वाचनको समय निकै भएकोले आज गरिएको निर्णयले परिस्थिति कस्तो सिर्जना हुन्छ त्यसै अनुसार काङ्ग्रेस अगाडी बढ्ने उनको भनाइ थियो।
हरेक स्थानीय तहमा काङ्ग्रेसले आफ्नै उमेदवार दिनु पर्ने कार्यकर्ताको माग रहेको भएपनि देशको परिस्थितिले गर्दा गठबन्धन बाध्यात्मक भएको उनको भनाइ थियो।
गत चुनाबमा भरतपुरमा माओवादीलाइ काङ्ग्रेसले सघाएको हुनाले यसपटक काङ्ग्रेसलाइ मेयर दिनपर्ने उनले बताए । उनले भने, ‘अहिले सम्म भरतपुरको बारेमा निर्णय भएको छैन तर संयन्त्रले भरे सम्म निर्णय गर्ला।तर गठबन्धनको संयन्त्रले गरेको निर्णयलाइ हामीले मान्नु पर्ने हुन्छ ।’
गठबन्धनका सबै पार्टीले सबै स्थानमा आफुले पाउनु पर्ने दाबी गर्दा निर्णयमा पुग्न कठिन भएको उनले बताए ।उनले भने, ‘जहाँ जसको संख्यानै छैन उसैले त्यो ठाउँमा पदको बार्गेनिङ गरिरहेका छन।त्यो कुरा काङ्ग्रेसले मानेको छैन ।’
जे जस्तो भएपनि गठबन्धनले गरेको निर्णयलाइ मान्नुको बिकल्प नभएको उनको भनाइ थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८