• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सत्ता गठबन्धन बैठकः पोखरामा अड्कियो तालमेल

  • खबरदाता

सत्ता गठबन्धन बैठकः पोखरामा अड्कियो तालमेल

बैशाख ६, २०७९

काठमाडौं । सत्तारूढ पाँच दलबीचको चुनावी तालमेल पोखरा महानगरमा पुगेर अड्किएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान दिउँसो र साँझ गरी तीनपटकसम्म बसेको सत्तारूढ गठबन्धनको बैठक साँझसम्म जारी रहे पनि पोखरा महानगरको विषयमा तालमेल नमिल्दा सहमति जुट्न नसकेको हो ।

पोखराबाहेक, काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर र वीरगन्ज महानगरपालिकामा भागबन्डा मिलिसकेको छ । नेताहरूका अनुसार काठमाडौं, ललितपुर र विराटनगरको मेयर कांग्रेसले लिने सहमति भएको छ । भरतपुरको मेयर माओवादी केन्द्र र वीरगन्जको मेयर जनता समाजवादी पार्टीले लिने सहमति भइसकेको छ ।

– पाँच महानगरमा भागबन्डा

– पोखरामा कांग्रेस र नेकपा एसको अडान

पोखरा महानगरमा भने कांग्रेस र एकीकृत समाजवादी दुवैको दाबी छ । सो महानगरमा सहमति नजुट्दा अन्य सहमति भएका महानगरको विषयलाई समेत सार्वजनिक गरिएको छैन ।

‘६ वटा महानगर र ११ उपमहानगरमा तालमेल’बारे दिनभर छलफल भयो, पोखरामा कुरा नमिल्दा सहमति भएन, मंगलबार बिहानसम्म सबै महानगर र उपमहानगरमा तालमेल’दयगत ठोस सहमति हुन्छ,’ कांग्रेस उच्च स्रोतले  भन्यो ।

कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तालमेल’दयगत सत्ता गठबन्धन सहमतिनजिक पुगेको दाबी गरे ।

‘चुनावी तालमेल’दयगत गम्भीरतापूर्वक छलफल गरेका छौं धेरै ठाउँमा भागबन्डा’दयगत सहमतिनजिक पुगिएको छ, त्यसलाई अन्तिम रूप दिन मंगलबार साढे ११ बजे पुनः बैठक बोलाइएको छ,’ मन्त्री कार्कीले भने ।

उनका अनुसार ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडा समेतको वस्तुगत स्थिति’दयगत बैठकमा व्यापक छलफल भएको छ ।

पाँच महानगरमा मेयर उपमेयर कसलाई ?
स्रोतका अनुसार काठमाडौं महानगरमा मेयर कांग्रेसले लिँदा उपमेयर नेकपा एसलाई दिने सहमति भएको छ । ललितपुरमा मेयर उपमेयर दुवै कांग्रेसले लिने सहमति बनेको छ ।

यसैगरी, विराटनगरमा मेयर कांग्रेसले लिने र उपमेयर जसपालाई दिने सहमति गठबन्धनमा बनेको दाबी गरिएको छ । यस्तै, भरतपुरमा मेयर माओवादीले लिने र उपमेयरसहित सबै वडाअध्यक्ष कांग्रेसले निले गरी सहमति गरिएको दाबी गरिएको छ ।

यस्तै, पोखरामा भने कांग्रेस र नेकपा एस दुवैको अडान हुँदा सहमति भएकै छैन । तर, नेकपा एसलाई मेयर दिएर उपमेयर कांग्रेसले लिने गरी सहमति हुने सम्भावना छ । यसैगरी, वीरगन्ज महानगरमा मेयर जसपालाई दिएर उपमेयर कांग्रेसले लिनेगरी उच्च तहमा सहमति भइसकेको छ । तर, पोखरामा सहमति नजुट्दा भागबन्डाको यो मस्यौदा सार्वजनिक गरिएको छैन ।राजधानी दैनिकबाट

  • प्रकाशित मिति : वैशाख ६, २०७९, मंगलवार ०६:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८