• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुर माओवादीले पाउने पक्का ,पोखरामा मिलेन भागवण्डा

  • खबरदाता

भरतपुर माओवादीले पाउने पक्का ,पोखरामा मिलेन भागवण्डा

 

बैशाख ५,२०७९

चितवन – भरतपुर महानगरको मेयर नेकपा (माओवादी केन्द्र) ले पाउने पक्का भएको छ।

सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धन भित्रका पाँच दलको बैठकले उक्त सहमति गरेको हो।

देशभरका ६ वटा महानगरपालिकामा गठबन्धनले सहमति जुटाए पनि पोखरा कसले लिने भन्ने बिषयमा सहमति नहुदा निर्णय हुन भने सकेन।

सोमबार दिनभर बालुवाटारमा भेला भएर छलफल गर्दा पनि सहमति नजुटेपछि भोलि मंगलबार विहान साढे ११ बजे बस्ने गरी बैठक सकिएको हो।

बैठकमा सहमति भएअनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर, माओवादी केन्द्रले भरतपुर र जनता समाजवादी पार्टीले वीरगञ्जको मेयर पाउने भएका छन।

  • प्रकाशित मिति : वैशाख ५, २०७९, सोमवार २२:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८