बैशाख ५,२०७९
चितवन । महानगरका युवालाई महानगरमै रोजगार भन्ने मुल नारा लिएर काङ्ग्रेस नेता बिरेन्द्र केसीले आसन्न स्थानिय निर्वाचनमा भरतपुर महानगरमा उपमेयर पदको लागि आफ्नो दाबी रहेको बताएका छन।
नेपाली काङ्ग्रेसका २४ जनाले उपमेयरमा पार्टी भित्र मनोनयन गराएका मध्ये सबै भन्दा कम उमेरका केसीले महानगर भित्रका सबै युवालाइ कुनै न कुनै सिप अथवा तालिम दिएर बिदेशीनबाट जोगाउने उदेश्यका साथ आफुले महानगरको उपमेयर पदमा उम्मेद्बारी घोषणा गरेको बताएका छन।
सोमबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उम्मेद्बारी घोषणा गरेका केसीले अब युवाको पालो आएकोले युवालाइनै जिम्मेवार बनाउनु पर्ने बताए।
बिगत चौध बर्ष देखि राजनीतिमा लागेका केसी अहिले नेपाल तरुणदलको जिल्ला सदस्य , भरतपुर १२ काङ्ग्रेसको सल्लाहकार रहेका छन।
नेपाली काँग्रेस भरतपुर महानगरले आबेदन माग गरे बमोजिम केसीले आफ्नो इच्छा व्यक्त गरेको पत्रकार सम्मेलनमा जानकारी दिए।
नेपाल तरुण दल भरतपुर महानगरपालिका वडा नम्बर १२ को उपाध्यक्ष समेत रहेका केसीले नेपाली काँग्रेस देशको पुरानो पार्टी भएको र युवालाइ नेतृत्व हस्तानतरण समेत सुरु भईसकेकाले आफुले टिकट पाउनु पर्ने उनको दाबी थियो।
राष्ट्रियता जोगाउँदै जनतालाई शान्ति सुरक्षा दिने, प्रजातन्त्रको दिगो बिकास र मानवअधिकारको रक्षा गर्नका लागि काँग्रेस बाहेक अन्य कुनै बिकल्प पार्टी नभएकाले आँफुले काँग्रेसबाट उम्मेदवारीको आकंक्षा राखेको उनको भनाई थियो । नेतृत्व युवा पुस्तालाई हस्तानतरण गर्दै जानुपर्ने अबस्थामा राज्यभरी युवाहरु अग्र पंङ्तिमा देखिएको भन्दै उनले युवाहरु सक्षम ,अध्ययनशिल हुन्छन् र पार्टीको बारेमा जानकार राख्ने गरेकाले अब काँग्रेसले हरेक स्थानमा युवालाई जोड्नु पर्ने उनको माग थियो।
महानगरको भौतिक बिकास मात्रै नभएर समाजिक, आर्थिक बिकासमा समेत जोड्नका लागि मेरो उम्मेदवारी हो उनले भने । उनले भने “हरेक सामाजिक काममा युवा पुस्तालाई अघि नसारे सम्म देशको बिकास र काँग्रेस प्रतिको आस्था, बिश्वास कम्जो वन्दै जाने खतरा बढ्दै गएको छ । ”
आफ्नो उम्मेदवारी युवा पुस्ताको समस्या समाधानका लागि मात्रै नभएर महानगरको मुहार परिवर्तन गर्न रहेको उनले बताए । महानगरलाई स्मार्ट सिटिको रुपमा बिकास गर्दै पर्यटन,कृषि, औद्योगीक क्षेत्र संगै अन्य क्षेत्रहरुको बिकासमा समेत सबै संग हातेमालो गर्दै अघि वढ्नु पर्ने समय आएको उनले बताए ।
तर राजनीतिक रुपमा गठबन्धन निर्णय अनुसार पार्टीको निर्देशन भने आफुले स्वीकार गर्ने उनको भनाइ थियो।
भरतपुर महानगरको नेतृत्व गर्न नेपाली काँग्रेसबाट प्रमुखमा २५ जना र उपप्रमुखमा २४ जनाको दावि रहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८