• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सिट बाँडफाँट गर्न ९ बजे गठबन्धनको बैठक बस्दै

  • खबरदाता

सिट बाँडफाँट गर्न ९ बजे गठबन्धनको बैठक बस्दै

 

बैशाख ५,२०७९

चितवन – बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिका कसले कहाँ पाउने भनेर चुनावी तालमेलबारे टुंगोमा पुग्न सत्ता गठबन्धनको बैठक बस्दैछ ।

आइतबार बसेको बैठकलाइ निरन्तरता दिदै महानगर र उपमहानगरपालिकाको भागवण्डा टुंग्याउन सोमबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

 

जनमोर्चा नेता हिमाल पुरीका अनुसार बैठकबाट सिटको बाँडफाँटबारे निर्णय हुन सक्नेछ । माओवादी केन्द्रले भरतपुर महानगरपालिकासँगै धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिकामा दाबी गरेको छ । आइतबार बसेको गठबन्धन बैठकमा दलहरुले आ आफ्नो दाबी प्रस्तुत गरेका थिए ।

काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले ६ वटा महानगर र ११ वटा उप(महानगरपालिमा आआफ्नै अडान कायम राखेका छन् । एकीकृत समाजवादीले पोखरा महानगरमा दाबी गरेको छ । नेकपा माओवादी केन्द्रले एक महानगर र चार उपमहानगरपालिकामा दाबी गरेको छ ।

यस्तै जसपाले दुई महानगर र तीन उपमहानगरपालिका दाबी गरेको छ । तर काँग्रेसले सबै ठाउँमा दाबी गरेको छ । गठबन्धनभित्र यसले सिटको भागबण्डा नै टुंगिएको छैन ।

स्थानीय तहको निर्वाचन आउन २५ दिन बाँकी छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ । मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगर र उपमहानगरपालिमा पनि सिटको भागवण्डा पनि मिलाउन सकेको छैन ।

  • प्रकाशित मिति : वैशाख ५, २०७९, सोमवार ०८:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८