बैशाख ४,२०७९
चितवनको भरतपुर लगायतका महानगर र उपमहानगरमा गठबन्धनबाट कसकसले टिकट पाउने भन्ने कुराको सोमबार अन्तिम निर्णय हुने भएको छ।
सत्तारूढ पाँचदलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा भोलिसम्म गर्ने भएका छन्।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलिय सत्तागठबन्धन बैठकमा कुन महानगर र उपमहानगर कुन पार्टीले लिने भन्नेबारे भोलि सोमबार टुङो लाग्ने सहमति भएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरुले यसबारेमा छलफल गरेका थिए।
पहिले कुन पार्टीलाइ कुन महानगर र उपमहानगर दिने भन्ने निर्णय हुने र त्यसपछि सम्बन्धित पार्टीबाट उम्मेदवारको टुंगो लगाउने तयारी भएको छ।
महानगर मध्ये सबैभन्दा चासोको रुपमा हेरिएको प्रचण्डको गृह जिल्लामा रहेको भरतपुरमा काङ्ग्रेस र माओवादीले मेयरमा आआफ्नो दाबी गर्दै आएका छन।भरतपुरका काङ्ग्रेसले मेयर नपाएमा स्वोतन्त्र उमेदवार उठाउन कार्यकर्ताले माग गरिरहेका छन।
हिजै मात्र भरतपुर १७ का ५० भन्दा बढी कृयाशिल सदस्यहरुले आफुहरु स्वोतन्त्र हुन चाहेको भन्दै सामुहिक राजिनामा दिएका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८