• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

स्याङ्जामाको वालिङमा जिप दुर्घटना, चार जनाको मृत्यु

  • खबरदाता

स्याङ्जामाको वालिङमा जिप दुर्घटना, चार जनाको मृत्यु

बैशाख ४,२०७९

स्याङ्जामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

आइतबार बिहान सवा १० बजे वालिङ नगरपालिका-१२ मा जिप सडकबाट तल खस्दा चार जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका स्याङ्जाले जनाएको छ।

प्रहरीका अनुसार डाँडाखर्कबाट वालिङ बजार आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ४०र५० मिटर तल खसेको हो।

घाइते मध्ये दुई जनाको वालिङस्थित प्राथमिक अस्पताल र अर्को एक जनाको गण्डकी अस्पताल पोखरामा पठाइएको छ। गण्डकी अस्पतालमा पठाइएका व्यक्तिको अवस्था गम्भीर भएको जनाइएको छ।

घटनास्थलमा प्रहरीको टोली खटिएको छ। दुर्घटनास्थलमा खोजी समेत गरिरहेको प्रहरीले जनाएको छ।

‘जिपमा कति जना छन् भन्ने पनि खुलेको छैन भने मृतकको सनाखत हुन बाकी छ।

 

  • प्रकाशित मिति : वैशाख ४, २०७९, आइतवार ११:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८