बैशाख ३,२०७९
चितवन – राष्ट्रिय प्रजातन्त्र पार्टी चितवन आफ्नो फोहोर आफै उठाउँ अभियानमा लागेको छ।चितवनमा शुक्रबार भएको आमसभास्थलमा पार्टी सरसफाई गरेको छ ।
केन्द्रीय बस ट्रमिनल (पारस बसपार्क)को खुल्ला चौरबाट झण्डै २० बोरा फोहर संकलन गरिएको राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालले जानकारी दिe ।उनका अनुसार चौरमा रहेका कागज, प्लाष्टिकहरु लगायतका फोहोर टिपेर व्यवस्थापन गरिएको हो ।
जिल्ला कोषाध्यक्ष दिनेश अधिकारीले करिब २ घण्टा लगाएर सरसफाई गरिएको बताए । राप्रपा क्षेत्र नम्बर ३ का अध्यक्ष मदनप्रसाद पौडेलले चौरमा आज (शनिबार) पनि पानी ट्याङकरले प्रयोग गरी धुलो व्यवस्थापन गरिएको बताए । आमसभास्थलको सहज अवलोकन गर्न मिल्ने गरी ५ दिन लगाएर चौर समस्याउने र सफाई गरिएको थियो ।
राप्रपा चितवन प्रदेश ३ (ख) का अध्यक्ष रामकृष्ण क्षेत्रीले राप्रपाका जिल्ला पदाधिकारी, युवाहरुको सक्रियतामा सफाई गरिएको बताए । जिल्ला प्रवक्ता राजु भण्डारीले शुक्रबारको आमसभामा २५ हजार सर्वसाधरण भएको अनुमान गरिएको बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८