• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा ३ हजार बढी पार्टी प्रवेश गरेको राप्रपाको दाबी

  • खबरदाता

चितवनमा ३ हजार बढी पार्टी प्रवेश गरेको राप्रपाको दाबी

बैशाख २,२०७९

चितवन – रास्ट्रपति प्रजान्त्र पार्टीले चितवनमा एकैदिन ३ हजार बद्री पार्टी प्रवेश गरेको जनाएको छ।

भरतपुरमा आयोजित आमसभामा ३ हजार २ सय ४ जना पार्टी प्रवेश गरेको जिल्ला प्रवक्ता राजु भण्डारीले जानकारि दिए । उनका अनुसार पार्टी प्रवेश गर्नेहरुमा करिब २ हजार भरतपुर महानगर क्षेत्रका छन् । महानगरको वडा नम्बर १, ११,१४, १५, १७, २० बाट प्रवेश गर्ने धेरै छन् । माडी नगरपालिकामा वडा नम्बर ७, ८, ९ का पनि ठुलो संख्यामा रहेको जनाइएको छ । यस्तै राप्ती, कालिकाबाट पनि पार्टी प्रवेश गरेको भण्डारीले बताए ।

कांग्रेस, एमाले, माओवादी पार्टी राप्रपामा प्रवेश गरेकालाई केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन, केन्द्रीय उपाध्यक्षहरु विक्रम पाण्डे, हेमजंग गुरुङ, महामन्त्री कुन्ती शाही, केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाही लगायतले स्वागत गरेका थिए ।

  • प्रकाशित मिति : वैशाख २, २०७९, शुक्रवार १६:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८