बैशाख १,२०७९
चितवन – विवेकशील साझा पार्टीले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन समिति र विभिन्न उपसमितिहरू गठन गरेको छ।
पार्टीका प्रबक्ता शरदराज पाठक संयोजक सहित १५ सदस्य निर्वाचन परिचालन समिति गठन गरेको हो।
समितिका सदस्यहरुमा नारायण कोइराला, शोभा शाक्य, समिक्षा बास्कोटा, अब्दुस मियाँ, नन्दप्रसाद काप्री, हरिकृष्ण अधिकारी, अनुपा श्रेष्ठ, हरिप्रसाद गौतम, दिपकप्रसाद उप्रेती, अमृत पुडासैनी, आशिष रेग्मी, सौरेन्द्रबहादुर शाह, सूर्यदीप रेग्मी र उद्धवराज भेटुवाल रहेका छन्।
साथै नवगठित निर्वाचन परिचालन समितिको बैठकले स्थानीय निर्वाचनलाई लक्षित गरि विभिन्न उपसमितिहरु गठन गरेको छ।
बैठकले आजै नारायणप्रसाद कोइरालाको संयोजकत्वमा उम्मेदवार समन्वय उपसमिति गठन गरेको छ। यस्तै सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा घोषणापत्र मस्यौदा उपसमिति, सूर्यदीप रेग्मीको संयोजकत्वमा सामाजिक सञ्जाल उपसमिति र उद्धवराज भेटुवालको संयोजकत्वमा सञ्चार उपसमिति गठन गरिएको हो।
शोभा शाक्यको संयोजकत्वमा शुभेच्छुक समन्वय समिति, हरिप्रसाद गौतमको संयोजकत्वमा नेतृत्व भ्रमण उपसमिति, आशिष रेग्मीको संयोजकत्वमा कोष संकलन उपसमिति र पार्टीको सचिवालय व्यवस्थापन प्रमुख समेत रहेका दीपकप्रसाद उप्रेतीको संयोजकत्वमा प्रशासनिक व्यवस्थापन उपसमिति गठन गरिएको पार्टीले जनाएको छ।
पार्टीले सबै प्रदेशमा प्रादेशिक निर्वाचन परिचालन समिति समेत गठन गर्नेछ। प्रादेशिक समितिका संयोजकहरू पनि केन्द्रीय निर्वाचन परिचालन समितिको सदस्य रहनेछन्।
स्थानीय निर्वाचनमा सातै प्रदेशका बढिभन्दा बढि स्थानीय तहमा उम्मेदवारी दिनेगरि पार्टीले तयारी समेत थालेको जनाएको छ। पार्टीका तर्फबाट उम्मेदवार भएकाहरुको सशक्त र नतिजामुखी प्रतिस्पर्धा सुनिश्चित गर्न समिति र उपसमितिहरुले काम गर्ने केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवं पार्टी प्रवक्ता शरदराज पाठकले जानकारी दिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८