चैत ३०,२०७८
आसन्न स्थानिय निर्वाचनमा कुनै पार्टीसंग गठबन्धन नगर्ने भन्दै आएको नेकपा एमाले साना दलसंग तालमेल गर्न थालेको छ।
बुधबार मात्रै नेकपा (एमाले) ले दुई साना पार्टीसंग स्थानीय चुनाबमा तालमेल गर्ने भन्दै सहमति गरेको छ।
उसले भर्खरै मात्र ब्युतिएको कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाल परिवार दलसंग आसन्न स्थानीय तहको निर्वाचनमा एकापसमा सघाउने विषयमा सहमति भएको छ ।
एमालेसँग आज ती दुई दलले आज अलग–अलगरूपमा सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा एमालेका स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल तथा राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठ र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच अलग–अलगरूपमा भएको सहमतिपत्र आज सार्वजनिक गरिएको थियो।
तर साना दलसंग गरिएको तालमेलले कसलाइ फाइदा पुग्ला भनेर आकलन गर्न अझै केहि समय कुर्नु पर्ने देखिन्छ ।
कमल थापाको राप्रपाले कम्तीमा ३० स्थानीय तहमा आफ्नो दाबी रहने जनाएको छ। एक स्थानमा पनि आफ्नो पकड नभएको राप्रपा नेपालले गरेको दाबीलाइ एमालेले कसरी स्वीकार गर्छ त्यसमा पनि तालमेल कसरी अगाडि बड्छ भन्ने हेर्न बाकीनै छ।
सहमतिमा ती दलले देशभर सम्भव भएका स्थानमा तालमेलन गर्ने, आफ्ना उम्मेदवार नभएका स्थानमा एमालेका उम्मेदवारलाई सघाउने एमालेसँग राप्रपा नेपाल र परिवार दलबीच जिल्ला तहमा सहमतिमा उम्मेदवार भएका स्थानमा सूर्य चिह्नमा निर्वाचनमा जाने सहमति भएको हो । निर्वाचित भए पनि आफ्नै दलमा रहने पनि उल्लेख गरिएको छ । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८