चैत २९,२०७८
के अर्थमन्त्रीले भनेको जस्तो देश श्रीलंका भएको छैन त रु आखिर किन हटाइए गभर्नर अधिकारी रु
काठमाढौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णयको सर्वत्र बिरोधपछि अर्थमन्त्री जनार्द्धन शर्माले पत्रकार सम्मेलन गर्दै ‘राष्ट्र बैंक ऐन अनुसार नै गरेको’ प्रष्टीकरण दिएका छन्।उनले अहिले गभर्नरमाथि छानबिन गर्न समिति बनाइएको र छानबिन समितिले प्रतिवेदन दिएपछि सबै कुरा बाहिर आउने बताए। ’अबको एक महिनामा सबै कुरा थाहा हुन्छ’ उनले पत्रकार सम्मेलनमा भने। उनले समितिलाई काम गर्न दिनुपर्ने बताए ।
उनले गभर्नर हटाउनु परेको प्रमुख कारणका रुपमा अनियन्त्रित कर्जा विस्तारलाई आधार बनाएका छन्। मौद्रिक नीतिमा कर्जा प्रवाह लक्ष्य १९ प्रतिशत राखिएकोमा ३२ प्रतिशत पुग्दा पनि त्यसलाई समयमै नियन्त्रण गर्न गभर्नरले नसकेको आरोप लगाएका छन्। ‘यो नियन्त्रण गर्नुपर्ने हो कि होइनरु यो अर्थले गर्दैन राष्ट्र बैंकले गर्ने हो,’ उनले भने। अर्थमन्त्रीले विस्तार भएको ऋण उत्पादन क्षेत्रमा नगएको बताए। ‘यस्तो पैसा कहाँ लगानी भएको छ त भनेर जान्ने प्रयत्न नगरेको होइन। तर त्यो हामीले प्राप्त गर्न सकेनौं,’ उनले यसमा गभर्नरले असहयोग गरेको संकेत गरे।
उनले मुद्राप्रदायमा अनियन्त्रित विस्तार हुँदा आयात वृद्धि हुँदै गएर विदेशी मुद्राको सञ्चिति निरन्तर घटेको बताए। ‘यसलाई नियन्त्रण गर्न मैले पहिलेदेखि भनेको हो। सल्लाहकार र विज्ञताको हिसाबले राष्ट्र बैंकलाई भनेको हो,’ उनले भने, ‘तर त्यसमा ध्यान दिइएन।‘ अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह भएको विषयमा आफुले गभर्नरलाई भनेको भन्दै गभर्नरले त्यसलाई नियन्त्रण गर्न नसकेको दाबी गरे।‘व्यक्तिगत रुपमा आरोप प्रत्यारोप होइन। समितिले बाहिर रिपोर्ट ल्याउँछ,’ उनले भने। उनले आफुले कसैलाई पनि हस्तक्षेप नगरेको भन्दै सबैसँग सहकार्य गर्न खोजेको बताए। अर्थमन्त्रीले पत्रकार सम्मेलनमा प्रेस नोट पढ्दै गभर्नरका बारेमा केही पनि उल्लेख गरेका थिएनन्। पत्रकारले प्रश्न गरेपछि मात्रै उनले गभर्नर निलम्बनका बारेमा प्रष्टीकरण दिएका थिए।
आधारहीन आरोप लगाएर निलम्बन गरिएको भन्दै सार्वजनिक रुपमै विरोध भइरहेको छ। सरकारले छानविन गर्ने भन्दै गत शुक्रबार निलम्बन गर्ने निर्णय गरेको थियो। सरकारले निलम्बनको निर्णय गरेपनि अर्थमन्त्री शर्मासँगको लफडा सतहमा आएको थियो।
नेपालको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा चासो र चिन्ता दर्शाउँदै बढीरहेको चिन्ताको विषयलाई लिएर उठेको प्रश्नप्रति अर्थ मन्त्रालयको ध्यान आकृष्ट भएको छ । अर्थतन्त्रको नियमित विश्लेषण गरी उपयुक्त नीतिगत कदमहरु चाल्न अर्थ मन्त्रालयलाई सहयोग पुग्ने विश्वास मन्त्रालले लिएको छ ।
अर्थ मन्त्रालयले अर्थतन्त्रको वर्तमान अवस्था सम्बन्धमा नियमित रुपमा विश्लेषण गरी विभिन्न नीतिगत उपायहरु र कार्यक्रमहरु कार्यान्वयन गरिरहेको व्यहोरा सबैमा अवगतै छ । अर्थतन्त्रका समष्टिगतपरिसूचकहरु सामान्य नै रहेको मन्त्रालयले जनाएको छ । तथापि, बाह्य क्षेत्रमा केहि दवाव सिर्जना भएकोले आयात व्यवस्थापन र विदेशी विनिमय सञ्चितिलाई बढावा दिने गरी केही नीतिगत कदमहरु चालिसकिएको मन्त्रालयको दाबी छ ।
आर्थिक वृद्धि तथाकुल गार्हस्थ्य उत्पादन
आर्थिक वर्ष २०७६ ७७ आर्थिक वृद्धि २.१ प्रतिशतले ऋणात्मक हुन गएकोमा आर्थिक वर्ष २०७७ ७८ मा पनिकोभिड (१९ महामारीको दोस्रो लहरको प्रतिकूलताले अर्थतन्त्रमा ७.० प्रतिशतको लक्ष्य अनुरुप उपलब्धि हासिल हुन नसकी केवल ४.० प्रतिशतमा सीमित हुने अवस्था छ।चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिएको छ। कोभिड १९ महामारीको कारण प्रभावित आर्थिक गतिविधि सामान्यीकरण हुँदै गएको तथ्यलाई २०७६ साल फागुनको तुलनामा २०७८ कार्तिक महिनासम्म करिव ९८ प्रतिशत उद्योग व्यवसायहरु सञ्चालनमा आएको,सेवा क्षेत्रमा क्रमशः सुधार हुँदै गएको अवस्था जस्तै उद्योगहरुको दर्ता एवं प्रत्यक्ष वैदेशिक रोजगारीमा पनि क्रमशः सुधार हुँदै गएको छ। यसबाट आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पर्न जाने देखिन्छ।
मूल्य स्थिति
विगततीनवर्षकोऔसतमुद्रास्फीतिछ।ज्ञडप्रतिशतरहेकोमा चालु आर्थिक वर्षको पहिलो ८ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ५.४ प्रतिशत रहेको छ। पछिल्लो समयमा विश्व बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएको कारण सो को प्रत्यक्ष प्रभाव नेपालको समग्र मूल्यस्तरमा परेकोले उपभोक्ता मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्न थप उपायहरु अवलम्बन गर्नुपर्ने स्थिति छ।
वैदेशिक व्यापार
वस्तुआयातमाभएकोउच्चवृद्धिकाकारणव्यापारघाटाबढ्न गई अर्थतन्त्रमा दवाव सिर्जना भएको छ।चालुआर्थिकवर्षकोचैत्र २५ सम्म वस्तु आयातरनिर्यातक्रमशस् १४५० अर्ब ७१ करोडर १५९ अर्ब ७६ करोडपुगेको छ। आयात र निर्यात अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा क्रमशः ३३.९ प्रतिशतर ७२.८ प्रतिशतले वृद्धि भएको छ । फलस्वरुप, व्यापारघाटा बढेर १२९ अर्ब ९६ करोड पुगेको छ । विश्व वजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले व्यापार घाटामा थप चाप पैदा गरेको छ।
विदेशी विनिमय सञ्चिति
२०७८असारमसान्तसम्म १३९९अर्ब ३करोड रहेको विदेशी विनिमय सञ्चिति १६ प्रतिशतले कमभई २०७८ फागुनमसान्तमा १अर्ब कायम हुने देखिएको छ । उक्त सञ्चिति करिबट ७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहने देखिन्छ।
विप्रेषण आप्रवाह
चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममाविप्रेषणआप्रवाहमा अघिल्लो वर्षको सोही अवधिको तुलनामाद्ध।ढ प्रतिशतले कमी आई ६३१अब १९करोड कायम भएको छ। यस्तो आप्रवाह फागुन महिनामा मात्र ९१ अर्व प्राप्त भएको छ। यसले विप्रेषण आप्रवाह बढदै जाने संकेत गरेको छ।
पर्यटन
पछिल्लो समयमा नेपाल आउने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ। फलस्वरुप, सन् २०२२ को मार्चसम्म (पहिलो ३ महिनामा) नेपाल आउने पर्यटकको संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३८.६५ प्रतिशतले वृद्धि भई ७८ हजार ४ सय ४७ पुगेको छ। सन् २०२२ को मार्च महिनामा मात्र ४२ हजार ६ पर्यटक नेपाल भित्रिएका छन्।
वैदेशिक रोजगार
चालु आर्थिक वर्षको फागुन मसान्त सम्म वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत नयाँ रवैधानिकीकरण लिन नेपालीको संख्या ३६३ प्रतिशतको उल्लेख्य वृद्धिभई २ लाख २६ हजार ७०० पुगेको छ ।गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ७४.८ प्रतिशतले घटेको थियो। त्यसैगरी यस अवधिमा वैदेशिक रोजगारीमा जान पुनःश्रमस्वीकृति लिने नेपालीको संख्या १९२ प्रतिशतको उल्लेख्य वृद्धिभई १ लाख ७८ हजार २६२पुगेको छ।गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ६५।२ प्रतिशतले घटेको थियो
वैदेशिक लगानी
चालु आर्थिक वर्षको फागुनसम्म उद्योग विभाग मार्फत ३३ अर्ब ३८ करोड बैदेशिक लगानीको प्रतिवद्धता प्राप्त भएको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.३ प्रतिशतले बढी हो। २०७८माघ मसान्तसम्म लगानी बोर्ड नेपाल मार्फत ८२अर्ब ४७ करोड बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ।
सार्वजनिक खर्च
चालुआर्थिकवर्षकोचैत्र २६ गतेसम्मसंघीयसरकारकोकुलखर्चरु। ७६८ अर्ब २५ करोड (कुल विनियोजनको ४७.०५प्रतिशत)रहेको छ। यस्तो खर्चअघिल्लोआर्थिकवर्षकोसोहीअवधिमा ६७२ अर्ब ७८ करोड-कुल विनियोजनको ४५.६२ प्रतिशत) मात्र रहेको थियो। चालु आर्थिक वर्षको यस अवधिमा भएको खर्च गत आर्थिक वर्षको सोही अवधिको भन्दा १४.२ प्रतिशतलेबढीहो।
कूल खर्च मध्ये चालुखर्चरु. ६०५ अर्ब ६३ करोड अर्थातविनियोजनको ५६.८५ प्रतिशत र पुँजी गतखर्च ९७ अर्ब ६६ करोड अर्थात विनियोजनको २५.८३ प्रतिशतरहेकोछ।त्यस्तै वित्तीयव्यवस्थाअन्तर्गतकोखर्च ६४ अर्ब ९७ करोड अर्थात ३४.२९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विनियोजित बजेटका आधारमा चालु खर्च ५४.३८ प्रतिशत,पुँजीगतखर्च २८.०८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३३.३३ प्रतिशत मात्र रहेको थियो।
राजस्व
आर्थिकवर्ष २०७८ / ७९को चैत्र २६ गते सम्ममा राजस्व परिचालन अघिल्लो वर्षको सोही अवधिको तुलनामा१५.९० प्रतिशतले वृद्धिभई ७५०अर्ब ३४करोड पुगेको छ । जुन राजस्व परिचालनमा बजेटले लिएको लक्ष्यको तुलनामा ६३.५६ प्रतिशत हो । यस अवधिमा कर राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.९३ प्रतिशतले बढेर ९० अर्ब ३५ करोड लक्ष्यको ६४.६४ प्रतिशत रहेको छ भने गैरकर राजस्व २८.४२ प्रतिशतले बढेर ५९ अर्ब ९९ करोड लक्ष्यको ५३.२६ प्रतिशत पुगेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८