• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरको मेयर र उपमेयरका लागि काङ्ग्रेसबाट ४९ आकांक्षी

  • खबरदाता

भरतपुरको मेयर र उपमेयरका लागि काङ्ग्रेसबाट ४९ आकांक्षी

चैत २८,२०७८

चितवन – आसन्न स्थानीय निर्वाचनको लागि भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा काङ्ग्रेसका ४९ जनाले आफ्नो नाम दर्ता गराएका छन।

दर्ताको अन्तिम दिन सोमबार दिउँसो ४ बजे सम्म मेयरको लागि २५ जना र उप मेयरको लागि २४ जनाको मनोनयन दर्ता भएको महानगर काङ्ग्रेसका सचिव कृष्ण बगालेले जानकारी दिए ।

अन्तिम नामावली अनुसार मेयर पदमा मनोनयन दर्ता गराउनेहरुमा दिनेश कोइराला, उत्तम जोशी, जगन्नाथ पौडेल, चित्रसेन अधिकारी, भरत अधिकारी, शंकर कँडेल, तारानाथ पौडेल, रामप्रसाद अधिकारी,विजय शर्मा भुषाल,पार्वती शाह ठकुरी ,दिर्घमान श्रेष्ठ, निलकण्ठ रिजाल,गौरी कुमारी श्रेष्ठ,मिना कुमारी खरेल,सुबोध प्रधान,शम्भुप्रसाद अर्याल,भरत गुरुङ , मिलनबाबू श्रेष्ठ, प्रकाश अधिकारी, प्रा डा केशबभक्त सापकोटा, टेक प्रसाद गुरुङ, राजेन्द्र डोटेल, डा सुर्यकान्त घिमिरे,हिरामणि अधिकारी र घनश्याम दवाडी रहेका छन्।

यस्तै, उप–मेयर पदका लागि २४ जना आफ्नो नाम दर्ता गराएका छन। उपमेयरमा दर्ता गराउनेहरुमा टंकनाथ पौडेल, तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की,कल्पना पौडेल, देबेन्द्र गुरुङ, पूर्ण बहादुर गुरुङ,राजिब न्यौपाने, बिरेन्द्र केसि,भुपतिदास सापकोटा, केदारनाथ बराल,रबि भद्र शर्मा खनाल,निर्मलराज पौडेल,सुरबिर पोखरेल,महेन्द्र श्रेष्ठ,एलिसा अधिकारी, सुर्यनाथ अधिकारी, गिता गुरुङ , बिनु रायमाझी पौडेल ,बिजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र बिदुर केसि रहेका छन।

आइतबार बिहान ११ बजेदेखि मनोनयन दर्ता सुरू भएर सोमबार अपरान्न चार बजे सकिएको महानगर प्रबक्ता ईश्वर प्रभाकर श्रेष्ठले जानकारी दिए ।

नेपाली काङ्ग्रेसको केन्द्रीय निर्देशन र चितवन जिल्लाको परिपत्र अनुसार भरतपुर महानगरपालिकाको महानगर प्रमुख र उपप्रमुख पदको लागि मनोनयन दर्ता गरिएको हो । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको नर्विाचन गर्दै छ ।

  • प्रकाशित मिति : चैत २८, २०७८, सोमवार १७:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८