• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

३५ किलो गाँजासहित चितवनको राप्तीका ५ जना पक्राउ

  • खबरदाता

३५ किलो गाँजासहित चितवनको राप्तीका ५ जना पक्राउ

चैत २७,२०७८

हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६ स्थित पूर्वपश्चिम लोगमार्ग सडकखण्डबाट ३५ किलो गाँजासहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

पक्राउ पर्नेमा जिल्ला चितवनको राप्ती नगरपालिका वडा नम्वर १ बस्ने १९ वर्षीय सरोज तामाङ, राप्ती नगरपालिका–११ बस्ने २५ वर्षीय सुर्यबहादुर स्याङबो, २८ वर्षीय होमनाथ मुक्तान, २५ वर्षीय यमराज मुक्तान र ३४ वर्षीय एबीलाल तामाङ रहेका छन् । उनीहरुलाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक दासले बताए ।

प्रहरी निरीक्षक दासका अनुसार, आज (आइतबार) चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा ८ ख ८१०६ नम्वरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्दा सो बसको पछाडिको सिटमा सवार उनीहरुको बोकेको झोलामा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरेको हो । पक्राउ गरेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।

  • प्रकाशित मिति : चैत २७, २०७८, आइतवार २०:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८