• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

देउवा सहित एक दर्जन नेतालाई भेटेर फर्कियो चितवन काङ्ग्रेस

  • केपी शर्मा

देउवा सहित एक दर्जन नेतालाई भेटेर फर्कियो चितवन काङ्ग्रेस

चैत २७,२०७८

 

चितवन -करिब एक दर्जन नेतालाइ काठमाडौंमा भेटेर चितवन काङ्ग्रेसको टोली फर्किएको छ।

आसन्न स्थानिय निर्वाचनमा भरतपुर महानगरको मेयर काङ्ग्रेसले पाउनुपर्ने जिल्लाको अडान राख्न गएको टोलीले प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवा लगायत करिब एक दर्जन नेताहरुसंग भेट गरेर फर्किएको हो।

भरतपुर महानगरका २९ ओटै वडाका सभापतिहरुले भरतपुरमा काङ्ग्रेसले मेयर पाउनु पर्नेगरेको निर्णयको प्रतिलिपी सहित चितवन काङ्ग्रेसका सभापति राजेश्वर खनाल सहितको टोली काठमाडौ गएको थियो।

सो टोलीले नेता देउवा सहित रामचन्द्र पौडेल , पुर्ण बहादुर खड्का ,गगन थापा , बिश्व प्रकाश शर्मा,धनराज गुरुङ , ससांक कोइराला ,कृष्ण प्रसाद सिटौला,प्रकाश सरण महत,अर्जुन नरसिँह केसि लगायतका नेताहरुसंग भेट गरेको थियो।

भेटमा भरतपुरको मेयर कुनै पनि हालतमा काङ्ग्रेसले पाउनु पर्नेमा दबाब दिएको छ।रोल क्रमका आधारमा पनि यसपालि मेयर आफुहरुले पाउनु पर्ने काङ्ग्रेसको दाबी छ।

अघिल्लो निर्वाचनको आधारमा हेर्दा काङ्ग्रेसको ३९ हजार र माओवादीको १९ हजार मतभार देखिएको चितवन काङ्ग्रेसको भनाइ छ। काङ्ग्रेसका एक जिल्ला नेताले भने तेस्रो स्थानमा रहेको माओवादीलाइ उपमेयर दिन सकिन्छ मेयर काङ्ग्रेसकै हुन्छ ।

साबिक चितवनको क्षेत्र नम्बर ४ मा शुशिल कोइरालालाइ ल्याएर अत्याधिक मतले जिताउन सफल भएको काङ्ग्रेसले भरतपुरको मेयरमा यसपालिआफ्नै उमेदवार दिने ती नेताले बताए ।

नेताहरूलाई भेट्न जिल्ला सभापति खनाल सहित केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, दिनेश कोइरालादेखि निवर्तमान सभापति जीतनारायण श्रेष्ठसहितको टोली गएको थियो। भेटघाटको क्रममा प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेर बहादुर देउवाले माओवादी अध्यक्ष प्रचण्डसंग कुरा गर्ने र निर्णय लिने बचन दिएको निबर्तमा सभापति जित नारायण श्रेष्ठले बताए । अन्य नेताहरुले पनि तालमेल गर्दा भरतपुर महानगरपालिका कांग्रेसलाई पार्नेगरी छलफल अघि बढाउने आश्वासन दिएको श्रेष्ठको भनाइ छ।

भरतपुर महानगरपालिका पाउनुपर्ने ‘बटमलाइन’ २० चैतमा बसेको कांग्रेस चितवनको बैठकले निर्णय गरेको थियो । हाल भरतपुर महानगरपालिकाको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्दै आएको छ । यसपटक भरतपुर महानगरपालिका नपाए विद्रोह हुने चेतावनी कांग्रेसी नेताहरूले दिँदै आएका छन् ।

  • प्रकाशित मिति : चैत २७, २०७८, आइतवार १६:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८