• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरको मेयर र उपमेयरका लागि काङ्ग्रेसमा आजबाट मनोनयन

  • खबरदाता

भरतपुरको मेयर र उपमेयरका लागि काङ्ग्रेसमा आजबाट मनोनयन

चैत २७,२०७८

चितवन – नेपाली काङ्ग्रेस चितवनमा भरतपुरको मेयर र उपमेयर पदको लागि आजबाट मनोनयन दर्ता गरिने कार्यतालिका रहेको छ।

नेपाली काङ्ग्रेसको केन्द्रीय निर्देशन र चितवनको परिपत्र अनुसार आज आइतबार र भोलि सोमबार भरतपुर महानगरपालिकाको महानगर प्रमुख र उपप्रमुख पदको लागि मनोनयन दर्ता प्रक्रिया शुरु हुन लागेको हो।

आज बिहान ११ बजेबाट नेपाली काङ्ग्रेस चितवनको पार्टी कार्यालय कमलनगरमा दर्ता प्रक्रिया सुरु हुने माहानगर सचिब कृष्ण बगालेले बताए । मनोनयनका लागि सम्पुर्ण तयारी पूरा भएको उनको भनाइ छ ।

उनका अनुसार भरतपुर माहानगर पालिकाको मेयरको लागिदर्ता शुल्क तीन हजार र उप मेयरको लागि दुइ हजार रुपैयाँँ तोकिएको छ । आगामी बैशाख ३० गते स्थानीय तहको नर्विाचन हुँदै छ ।

 

 

  • प्रकाशित मिति : चैत २७, २०७८, आइतवार ०७:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८