• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

साइकल र स्वास्थ्य पर्यायवाची शब्द जस्तै भइसके : प्रचण्ड

  • खबरदाता

साइकल र स्वास्थ्य पर्यायवाची शब्द जस्तै भइसके : प्रचण्ड

चैत २६,२०७८

 

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साइकल र स्वास्थ्य पर्यायवाची शब्द जस्तै भइसकेको बताएका छन।

सनिवार भरतपुरको नारायणगढमा प्रज्ञा स्मृति साइक्लिङ म्याराथन २०२२ प्रतियोगिताको उद्घाटन गर्दै प्रचण्डले पर्यावरण र स्वास्थ्यको दृष्टिकोणले साइक्लिङको फाइदाबारे प्रकाश पारेका थिए ।

पर्यावरण ,खेलकुद र स्वास्थ्यका लागि बिश्वलेनै साइकललाइ उत्कृष्ट साधनको रुपमा लिने गरेको भन्दै यस्ता प्रतियोगिताले सबै कुरामा फाइदा पुग्ने उनले बताए।

यो म्याराथनले देशैभर एउटा सन्देश प्रवाह गरेको भन्दै उले भने “देशैभरी साईकलको विषयमा सन्देश प्रवाह भएको छ । पर्यावरणको संरक्षण गर्न साईकल उपयोगी छ ।” खेलकुद मन्त्रीको समेत उपस्थितिमा यो कार्यक्रम हुँदै गर्दा यसले आधिकारिकता र वैधानिकता स्थापित गरेको भन्दै उनले सहभागी सबैलाई शुभकामना व्यक्त गरे ।

प्रतियोगिता संयोजक सन्त कुमार दरैले प्रतियोगितामा पाँच विधा रहेको बताए । इलिट मेन १९ प्लस, इलिट वमेन १९ प्लस, मास्टर मेन ३० प्लस, ग्रयाण्ड मास्टर मेन ५० प्लस र चितवन विशेष हुन् ।

प्रथम हुने १९ वर्ष माथिका महिला पुरुषलाई रु ४५ हजारका दरले, ३० वर्ष माथिको विधामा रु २५ हजार, ५० वर्ष माथिको विधामा रु २० हजार र चितवन स्पेशल विधामा महिला पुरुषलाई रु २०-२० हजार नगद पुरस्कार रहने आयोजकले जनाएको छ।

प्रतियोगितामा १०औ स्थानसम्म आउनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । भरतपुर महानगरमा निर्माणाधिन रिङ्गरोड सहितका सडक आयोजना साईकलमैत्री रहेको सन्देश दिन र वातावरण संरक्षणमा समेत टेवा पुर्‍याउने साईकलको प्रयोग बढाउन प्रतियोगिता गराउन लागिएको आयोजकको भनाइ छ ।

करिव २ घण्टाको प्रतियोगितामा लगभग ६५ कि.मि. दुरी रहेको छ । नारायणी नदी तिरबाट शुरु भई भरतपुर महानगरपालिकाको विभिन्न भित्री सडकमा दौड, र्‍याली सहित पुनः नारायणी तिरमा आइ समापन हुनेछ ।

प्रतियोगितामा विजेता खेलाडीहरुलाई नगद, मेडल तथा प्रमाण पत्र वितरण गरिने छ । साथै विभिन्न व्यक्तिहरूलाई सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य उद्देश्य क्यान्सर पिडितलाई सहयोग गर्ने रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतियोगितामा काठमाडौ सहित हेडौंटा, पोखरा, बारा, पर्सा, एपीएफबाट समेत सहभागीता रहेको छ । प्रचण्डको छोरी ज्ञानु र छोरा प्रकाश दाहालको निधन भएपछि उनीहरुको स्मृतिमा प्रतिष्ठान बनाएको महानगर प्रमुख रेनु दाहालले बताइन ।

शोकलाई शक्तिमा बदल्दै समाजसेवामा लगाउन प्रतिष्ठान स्थापना भएको र यो पहिलो औपचारिक कार्यक्रम भएको समेत दाहालको भनाइ छ । साथै भरतपुरको रिङरोड अहिले ६६ किलोमिटर रहेपनि चांडै ८८ किलोमिटर रिङरोडमा म्याराथन हुने बताइन । खेल पर्यटन विकासका लागि म्याराथन आयोजना गरिएको उनको भनाई छ ।

  • प्रकाशित मिति : चैत २६, २०७८, शनिवार ०९:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८