• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

श्रीमानलाई मर्न बाध्य पारेको आरोपमा श्रीमती पक्राउ

  • खबरदाता

श्रीमानलाई मर्न बाध्य पारेको आरोपमा श्रीमती पक्राउ

चैत,२५ २०७८ ।

चितवन – आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका –८ दुर्गाचोकमा बिहीबार आफनै घरको भान्छामा आत्महत्या गरेका ४२ वर्षीय उत्तम सुबेदीलाई मर्न बाध्य पारेको आरोपमा उनकी श्रीमती मिरा सुवेदीलाई चितवन प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी डिएसपी नरहरी अधिकारीका अनुसार मृतकको दाजुले सुवेदीबिरुद्द आत्महत्या दुरुत्साहनमा जाहेरी दिएकोले निजलाई पक्राउ गरिएको बताए ।

पक्राउ परेकी सुवेदीलाई चितवन जिल्ला अदालतवाट म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको अधिकारीले जनाए ।

सुवेदीको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

  • प्रकाशित मिति : चैत २५, २०७८, शुक्रवार १८:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८