• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवन सहित देश भरका ७५ लाख बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप

  • खबरदाता

चितवन सहित देश भरका ७५ लाख बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप

 

चैत २५,२०७८

चितवन -आज बाट चितवन सहित देश भरका ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइदैछ।

१५ महिनादेखि १५ वर्ष उमेरका ७५ लाख बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप लगाउन लागिएको हो।

चितवनमा मात्रै १ लाख ९६ हजार ११ जनालाइ खोप लगाइने छ।जस मध्ये १ लाख ४९ हजार २४६ बालबालिका बिद्यालयका रहेका छन।

स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका अनुसारका प्रमुख सागर दाहालका अनुसार गाभी ९खोपसम्बन्धी विश्वव्यापी सञ्जाल०ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको हो ।

खोप अभियानअन्तर्गत देशभर ५६ हजार ४२९८ खोप केन्द्र र विद्यालयमा खोप लगाइनेछ । यसका लागि १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार ८५८ स्वयमसेवक परिचालन गरिएको छ ।जस मध्ये चितवनमा ५४० खोप केन्द्र ती केन्द्रमा ९४४ स्वास्थ्यकर्मि परिचलान हुनेछन।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार मात्र दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा खोप अभियानको उद्घाटन गरेका थिए । केही क्षेत्रमा केही दिनदेखि खोप लगाउन सुरु भए पनि आजदेखि अभियान नै सुरु भएको हो ।

नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो । नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ ।

पाँच वर्षमा नेपालमा चार लाख ५० हजारभन्दा बढीमा टाइफाइड रोगको संक्रमण देखिएको स्वास्थ्य विभागले जनाएको छ । अभियान १८ वैशाखसम्म चल्नेछ ।

  • प्रकाशित मिति : चैत २५, २०७८, शुक्रवार ०६:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८