• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

अबको निर्वाचन प्रचण्ड र माधव नेपालको राजनीतिक जीवनको अन्तिम यात्रा हो: महेश बस्नेत

  • खबरदाता

अबको निर्वाचन प्रचण्ड र माधव नेपालको राजनीतिक जीवनको अन्तिम यात्रा हो: महेश बस्नेत

चैत २४,२०७८

चितवन – नेकपा (एमाले )का नेता महेश बस्नेतले आउँदो स्थानीय निर्वाचन प्रचण्ड र माधब नेपालको राजनीतिक जिवनको अन्तिम यात्रा हुने बताएका छन।

बिहिवार चितवनको भरतपुर बिमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै अबको स्थानिय निर्वाचनमा एमाले कसैको बैसाकिको भर नपर्ने उनले बताए।

काङ्ग्रेस आफैले एमाले एक्लै शक्तिशाली भएको कुरा केन्द्रिय कमिटीबाटनै घोषणा गरेकोले एमाले कस्तो शक्ति भनेर अलमलिनु नपर्ने बस्नेतको भनाइ थियो।
उनले भने , प्रचण्ड र माधब नेपालले गठबन्धन बिना एमाले हराउन सकिदैन भनेर भनेका छन ।त्यसैले एमाले शक्तिशाली पार्टी भन्नेमा दुबिदा छैन।

प्रचण्डले एमालेलाई प्रयोग गर्न खोजेको तर त्यो सजिलो नभएको बस्नेतको भनाइ थियो।‘प्रचण्ड र माधव नेपालको राजनीतिक जीवनको अन्तिम यात्राको टिकट काटिदिने भन्ने छ’, बस्नेतको भनाइ थियो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पिँध नभएको लोटा जस्तै भएको उनको भनाइ थियो।

छोरीलाई मेयर र बाबुलाई सांसद बनाएर नेपाली कांग्रेस नारायणी नदीमा क्रुजसिप चढ्न खोजेको भनि उनले व्यंग्य गरे । गठबन्धनलाई धम्काउन एमालेलाई प्रयोग गर्न सजिलो नभएको भन्दै उनले चुनावमा बाबु छोरी मिलेर आएपनि एमालेले साइजमा राखिदिने बताए।

एमालेलाई एक्लै हराउन सकिँदैन भन्ने भएपछि कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) एक ठाउँमा आएको भन्दै उनले त्यहि डरले सत्तागठबन्धन चुनावसम्म जान लागेको बताए। एमालेले एक्लै चुनावमा जाने बताएपनि स्थानीय तहको आवश्यकताका आधारमा अन्य दलसँग पनि तालमेल हुन सक्ने उनको भनाइ थियो।

  • प्रकाशित मिति : चैत २४, २०७८, बिहीवार १५:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८