चैत २३,२०७८
चितवन – बुधबार साढे ११ बजे भरतपुर- २ को आपटाडिमा हुने कार्यक्रमको लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आउने कार्यक्रम तय भएको थियो।
बिहानको ११ नबज्दै भरतपुर बिमानस्थलमा कार्यकर्ताको बाक्लो उपस्तिथि थियो। सुरक्षा ब्यबस्था पनि अन्य दिनको तुलनामा मजबुदनै पारिएको थियो।पत्रकारहरु पनि सधैं भन्दा धेरैनै उपस्थित थिए।
सधैं बिमानस्थलमा पत्रकारहरुसंग बोल्ने प्रचण्ड यसपालि भने बोल्न चाहेनन।
प्रचण्डबाट पत्रकारहरुले एउटै मात्र उत्तर चाहेको देखिन्थ्यो।त्यो हो भरतपुर महानगरमा मेयर कसको रु अघिल्लो पटक चितवन आउँदा प्रचण्डले खुलेरै भरतपुरमा मेयर माओवादीको हुने दाबी गरेका थिए।उनले त्यो बेला भनेका थिए ,’भरतपुरको मेयरमा हाम्रो पार्टीको दाबी रहने छ, यो बारेमा म काठमाडौ पुगेपछि फाइनल गर्नेछुँ।’
यही बारेमा पत्रकारहरु प्रचण्डलाइ सोध्न चाहान्थे। तर उनलाइ बिमानस्थलमा जिल्ला तहको नेतृत्वले बोल्न दिएन। प्रचण्ड केहि कुरा बोल्न खोज्दै गर्दा कार्यकर्ताले उनलाइ घेरा हालेर गाडी सम्म पुर्याए।
यसको मतलब केन्द्रमा पनि भरतपुरको मेयर बारेमा कुनै निर्णय नभएको अनुमान सहजै लगाउन सकिन्छ ।
पाँच दलिय गठबन्धनले जिल्लाका सबै पालिकामा तालमेल गर्ने निर्णय गरेपनि काङ्ग्रेसले भरतपुरको मेयरमा भने आफुले नछोड्ने अडानलिँदै आएको छ।
आज प्रचण्डले भरतपु -२ को आफटाडिमा सुकुम्बासीलाइ लालपुर्जा बाड्ने कार्यक्रम रहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८